चिनियाँ विदेशमन्त्री सिधै नगरकोट
१० पौष २०७१
•
६ मिनेट पाठ
चिनियाँ विदेशमन्त्री सिधै नगरकोट
काठमाडौं-चिनियाँ विदेशमन्त्री वाङ यी बिहीबार भक्तपुरको नगरकोटस्थित भ्यु टावर पुगे र अस्ताउँदो सूर्यलाई निकैबेर नियालिरहे। पश्चिम पहाडले सूर्यलाई नछेकुन्जेल उनी टावरबाट ओर्लिन मानेनन्। जब सूर्य पूर्ण रुपमा अस्तायो, तब मात्र उनी तल झरे। प्रकृतिप्रेमी उनको शुक्रबार बिहान नगरकोटबाटै सूर्योदय हेर्ने कार्यक्रम छ।तीनदिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनेबित्तिकै विदेशमन्त्री यी सिधै नगरकोटतर्फ लागेका थिए। विमानस्थलमा उनलाई कामु परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका थिए। सातसदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएको उनका लागि पहिल्यै नगरकोटस्थित क्लब हिमालय रिसोर्टमा १५ वटा कोठा बुक गरिएको थियो।
सात सदस्यीय भ्रमण दलसहित नेपाल आएका चिनियाँ राजदूत वु चुन्ताई पनि नगरकोट पुगेका थिए। उनीहरु दिउँसो ३ बजे नगरकोटस्थित क्लब हिमालय रिसोर्टमा पुगेका थिए। शिष्टाचार महापाल अर्जुनकान्त मैनाली पनि मन्त्री यीसँगै नगरकोट पुगेका थिए। मन्त्री यी परराष्ट्र मन्त्रालयको बुलेटप्रुफ ‘लिमोजिन कार' मा नगरकोट पुगेका थिए।

नगरकोट पुगेको केही समयपछि विदेशमन्त्री यीले भ्यु टावर जाने इच्छा व्यक्त गरेका थिए। त्यसपछि ‘इभिनिङ वाक' गर्दै सम्पूर्ण भ्रमण टोलीसहित नेपाली प्रतिनिधिमण्डल पनि भ्यु टावार पुगेका थिए। भ्यु टावर हिँडेर होइन, बिस्तारै कुदेर पुगेका थिए। विदेशमन्त्री यीलाई क्लब हिमालयबाट भ्यु टावर पुग्न करिब एक घन्टा लागेको थियो।

शाक्यका अनुसार भ्यु टावरबाट रिसोर्टसम्म आउँदा भने विदेशमन्त्री यी कारमा आएका थिए। चिनियाँ भ्रमण दलका सबै सदस्यलाई बिहीबार राति चिनियाँ खाना नै तयार पारिएको थियो। ‘पर्यटक प्रवर्द्धनका लागि यो एउटा ठूलो अवसर हो,' शाक्यले भने। विदेशमन्त्री यीलाई शुक्रबार बिहानै उठाएर सूर्योदय देखाइनेछ।
शुक्रबार बिहान ब्रेकफास्ट गरेपछि काठमाडौं फर्कने विदेशमन्त्रीको कार्यक्रम छ। फर्कने क्रममा उनले बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा आयोजना गरिने एक कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ उनले केही उपकरण अस्पताललाई हस्तान्तरण गर्ने कार्यक्रम छ। त्यसपछि उनी होटल सोल्टी क्राउन प्लाजा पुग्नेछन्। बिहान १०ः३० बजे होटल सोल्टीमा नेपाल–चीन द्विपक्षीय बैठक हुनेछ। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गर्नेछन् भने चिनियाँ टोलीको नेतृत्व विदेशमन्त्री यीले गर्नेछन्।
‘द्विपक्षीय बैठक सकिएपछि दुवै देशले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम छ,' शिष्टाचार महापाल मैनालीले भने, ‘त्यसपछि उहाँको सम्मानमा परराष्ट्रमन्त्रीले होटल सोल्टीमा दिवाभोज आयोजना गर्नुहुनेछ।' 
समकक्षीले आयोजना गरेको दिवाभोजमा सहभागी भएपछि विदेशमन्त्री यी हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय जाने कार्यक्रम छ। चिनियाँ सहयोगमा बन्ने सशस्त्र प्रहरी बल तालिम प्रतिष्ठानको उनले शिलान्यास गर्ने कार्यक्रम छ। त्यसपछि विदेशमन्त्री यीले क्रमशः प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्ने जनाइएको छ। उनले प्रधानमन्त्री कोइरालासँग अपराह्न ४ बजेतिर भेट गर्नेछन्। त्यसपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नेछन्।
शुक्रबार साँझ उनी काठमाडौंस्थित चिनियाँ दूतावासले होटल याक एन्ड यतिमा आयोजना गर्ने एक कार्यक्रममा चीनको नयाँ विदेश नीतिबारे प्रवचन दिनेछन्। त्यसपछि चिनियाँ दूतावासले दिने रात्रिभोजमा विदेशमन्त्री यीले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग संक्षेपमा कुराकानी गर्नेछन्।

शुक्रबार राति बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बस्ने उनी शनिबार बिहानै धुलिखेलस्थित द्वारिकाज रिसोट पुग्ने कार्यक्रम छ। दिउँसोको खाना त्यहीँ खाएर उनी सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आई बंगलादेशतर्फ प्रस्थान गर्ने जनाइएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस