माघ ८ टार्दै प्रमुख दल
१० पौष २०७१
•
९ मिनेट पाठ
माघ ८ टार्दै प्रमुख दल
काठमाडौं-प्रमुख दलहरुको प्रतिबद्धता गरेझैं निर्धारित मिति माघ ८ मा संविधान आउन कठिन देखिएको छ। एकातिर दलहरूबीच सहमति हुन सकेको छैन भने अर्काेतिर चामत्कारिक हिसाबले सहमति भइहाले पनि माघ ८ मै जारी गर्ने गरी कार्यतालिका जतिसुकै छोट्ट्याए पनि प्रक्रिया पुर्याीउन समय अपुग भइसकेको छ।प्रमुख दलका नेताले भनेझैं ‘सहमति नभए प्रक्रियामा गए' पनि माघ ८ मा संविधान आउने कुरा त्यति पत्यारिलो देखिँदैन। संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीजस्ता विवादित विषयमा दलहरुबीच चामत्कारिक सहमति भए पनि ती विषय संवाद समितिमार्फत संविधानसभामा प्रवेश गराउनुपर्नेछ। 
संविधानसभामा सामान्य छलफलपछि मात्र मस्यौदाका लागि पठाउनुपर्ने प्रावधान छ। ‘विवादित विषयमा सहमति कायम भए संविधानसभा नियमावलीबमोजिम संवाद समितिमा एक घन्टाका लागि भए पनि पठाउनै पर्छ,' स्रोतले भन्यो, ‘मस्यौदा समितिले एक महिना समय माग गरेको थियो, दिन–रात काम गरे पनि १५ दिन मस्यौदाकै लागि आवश्यक पर्छ।' तर, अहिले पनि संवाद समितिले बुझाएको प्रतिवेदन कहाँ पठाउने भन्नेमै संविधानसभाको पूर्ण बैठकमा छलफल जारी छ। आगामी साता पनि छलफलमै बित्ने निश्चित छ।
त्यसपछि दलहरुनिम्ति २० दिनजति मात्र समय बाँकी रहनेछ। त्यो समय संविधानको मस्यौदा बनाउने, राजपत्रमा प्रकाशित गर्ने, जनताकहाँ पठाउने, विधेयकका रुपमा संविधानसभामा लैजाने, छलफल गर्ने र पारित गर्ने समय चाहिन्छ। जनताकहाँ लैजाने, विधेयक मस्यौदामा संशोधन गर्न पाउने समय निलम्बन गरे पनि माघ ८ मा समस्या पर्ने सचिवालयस्रोतको भनाइ छ। जनताका प्रतिनिधिले बनाएको संविधान आयोगले बनाएझैं गरी जनताकहाँ नलगी पारित गर्न नमिल्ने तर्क संविधानसभा सदस्यले नै गर्दै आएका छन्।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भने दलहरुले विषयमा सहमति गरे अझै पनि माघ ८ मा संविधान जारी गर्न सकिने तर्क गर्छन्। ‘अघिल्लोपटक जेठ २ गते सहमति हुँदा १४ गते संविधान जारी गर्न सक्छौं भनेर सचिवालयले तयारी थालेको थियो,' नेम्वाङले भने, ‘संविधानसमेत संशोधन गरेका थियौं। अहिले पनि त्यति समय अझै बाँकी छ।' 
सभाध्यक्ष नेम्वाङका अनुसार प्रमुख दलको सहमतिमा संविधानका विवादित विषयमा सहमति कायम भए अझै पनि माघ ८ मा संविधान जारी गर्न सकिन्छ। ‘दलहरुले विषयमा सहमति कायम गरे माघ ८ मा जारी हुन्छ,' नेम्वाङले भने, ‘नभए समस्या पर्छ।'
उच्च स्रोतका अनुसार प्रमुख दलका नेताले भनेझैं सहमति नभए प्रक्रियामार्फत भए पनि माघ ८ मा संविधान जारी हुन सम्भव छैन। प्रक्रियामा जाँदा झनै समय लम्बिने तर्क सचिवालय स्रोतको छ। ‘विषयमा सहमति भएन भने माघ ८ मा संविधान जारी गर्न झनै समस्या छ,' स्रोतले भन्यो, ‘विषयमा सहमति कायम भएन भने पहिले नियमावली संशोधनमा सहमति हुनुपर्छ।'
नियमावली संशोधन गर्दा नै विवादित विषय कहाँ पठाउने भन्नेमा दलहरुबीच सहमति हुनुपर्छ। त्यसका लागि संवाद समितिमा पठाउनुपर्छ जसका लागि एमाओवादी पनि तयार हुनुपर्नेछ। नभए नियमावली संशोधन हुने अवस्था छैन। ‘३/४ दिन संवादमै पठाउँ्क या त्यसपछि अर्को समितिभन्दा पनि समय त्यसै खेर जान्छ,' स्रोतले भन्यो, ‘त्यसपछि नियमावली संशोधन गरेर प्रश्नावली बनाउने समिति गठन गर्नेसम्म सहमति गर्न पनि सहज देखिँदैन।'
नियमावलीअनुसार त्यस्तो कुनै अर्को समिति वा संयन्त्र बनाउनुपरे कति सदस्यीय बनाउने भन्नेमै अर्को विवाद जन्मन सक्छ। ‘कांग्रेस/एमालेको बहुमत पुग्ने खालको बनाउने हो भने संवाद समिति आकारकै हुन जान्छ,' स्रोतले भन्यो, ‘सानो बनाउँदा साना दलको सहभागिता र समावेशितालाई पनि ध्यान दिनुपर्योर। त्यसमा कांग्रेस/एमाले नै अल्पमतमा पर्न सक्छन्। त्यस्तो अवस्थामा प्रश्नावली बनाउन झनै समस्या पर्छ।'
यी सबै प्रक्रियामा सहमति हुँदै जाँदा प्रश्नावली कुन–कुन विषयमा बनाउने भन्नेमै अर्को विवाद जन्मने आँकलन स्रोतको छ। ‘प्रश्नावली बनाएर संविधानसभामा पेस गर्दासम्म अनेकौं विवाद झेल्न सक्ने समिति नबनाउने हो भने त्यो संवाद समितिले जति पनि काम गर्न नसक्ने हुन्छ,' स्रोतले भन्यो, ‘कतिपय सभासदले संविधानसभा अध्यक्षकै नेतृत्वमा समिति बनाउने भनेका छन् तर त्यो हुन सक्दैन। सभाध्यक्ष त्यस्तो समितिमा बस्न मिल्दैन। अभिभावक बन्न सक्नुपर्छ।'
संविधानसभामा प्रश्नावलीलाई मतदानमा लैजाँदा पनि १० प्रतिशत सभासदले मतविभाजनको माग गरे प्रत्येक प्रश्नको छिनोफानो मतविभाजनबाट गर्नुपर्ने हुन्छ। यसरी मतविभाजन गर्दै जाँदा सयौं प्रश्नावली टुंगो लगाउन महिनादिन लाग्न सक्ने आँकलन सचिवालयस्रोतको छ। ‘यति काम सकेपछि मात्र मस्यौदाका लागि मस्यौदा समितिमा पठाउनुपर्ने हुन्छ,' स्रोतले भन्यो, ‘अब एक महिना पनि बाँकी नरहेका बेला प्रक्रियामा गएर पनि माघ ८ मा संविधान ल्याउँछौं भन्नु जनता झुक्याउनु मात्र हो।'
एमाले उपाध्यक्ष भीम रावलले विवादित विषयमा सहमति नभएको अवस्थामा प्रक्रियाबाट संविधान जारी गर्नु चुनौतीपूर्ण हुने स्विकारे। तर, उनले चुनौती सामना गर्दै अघि बढेर भए पनि माघ ८ भित्रै संविधान जारी गर्ने पक्षमा आफूहरु रहेको प्रतिबद्धतासमेत दोहोर्या ए। ‘प्रक्रियागत कुरा हेर्ने हो भने अब माघ ८ टर्योु,' रावलले नागरिकसँग भने, ‘समस्या हुँदाहुँदै पनि नेताहरुले राष्ट्रलाई हेरेर समस्या समाधान गर्ने दिशामा अघि बढे भने सम्भावना बाँकी छ भन्ने आशा हो।'
उनले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नभएको पनि बताए। रावलले कांग्रेस/एमाले प्रस्तावमा असहमति राख्नेहरुले छुट्टै प्रस्तावका रुपमा आफूहरुको धारणा अघि सारे सहमतिको सम्भावना अझै पनि रहेको बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस