नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा पुनः बचन देउजा निर्वाचित भएका छन्। उनी यसअघि पनि जिल्ला पार्टी अध्यक्ष नै हुन्।
पार्टीको शनिबार भक्तपुरमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट उनी पुनः अध्यक्षमा चुनिएका हुन्। अधिवेशनले उपाध्यक्षमा बासुदेव थापा चुनिएका छन्। उनी जिल्लाको सूर्यविनायक नगरपालिकाका मेयर हुन्। साथै सचिवमा मोहनवीर श्रेष्ठ चुनिएका छन्। उनी चाँंगुनारायण नगरपालिकावासी हुन्। त्यस्तै उपसचिवमा मिलन सुवाल चुनिएका छन्।
उनी माओवादी परित्याग गरी एमाले प्रवेश गरेका पूर्व माओवादी नेता हुन्। उनी पछिल्लो संविधानसभा निर्वाचनमा माओवादीको तर्फबाट भक्तपुर क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा पराजित उम्मेदवार समेत हुन्।