काठमाडौं–प्रक्रिया वा सहमतिबाट संविधान जारी गर्ने भन्ने विवादमा दलहरु अल्झिरहेका बेला संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिबिना ‘डेक' चल्न नसकिने बताएका छन्। सत्तारुढ दलले सहमति नभए प्रक्रियामा गएर भएपनि माघ ८ मा संविधान जारी गर्ने बताइरहेको बेला नेम्वाङको यस्तो भनाइ आएको हो।शुक्रबार लोकतन्त्र र शान्तिका लागि पेशागत संजाल (पापड) को ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेम्वाङले सहमतिबीना संधिवान जारी गर्न नसकिने बताए। उनले संविधानसभामा अहिले तीनवटा विचार रहेको उल्लेख गर्दै भने, ’एउटा पक्ष सहमतिमा संविधान जारी गर्नुपर्छ भन्छ। अर्को जनतामा जानुपर्छ भन्छ र अर्कोचाँही संविधानसभामा नै प्रक्रियामा जानुपर्छ भन्छ। त्यो प्रक्रिया के हो?' उनले संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पठाउने प्रतिवेदनमा तपसिल लेख्ने वा अनुसूचि लेख्ने भन्नेमा विवाद हुनु हास्यस्पद भएको बताए। ‘अनुसुचि र तपसिल हाम्रा नेताले नबुझेको जस्तो मलाई लाग्दैन,' उनले भने। संविधान विधि र प्रक्रियाबाट चल्ने भएकाले सबै कुरा सहमतिमा हुनुपर्ने उनको भनाइ छ। केही समय अगाडि दलहरुबीच संवादहीनताको स्थिति रहेको स्मरण गर्दै नेम्वाङले सत्तापक्ष र प्रतिपक्षले संविधानसभालाई उपेक्षा गरी कुटनीतिक नियोगसँगको भेट र पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेकोप्रति आपत्ति जनाए।
उनले दलहरुबीच संविधानका विवादित विषयमा खासै विवाद नरहेको उल्लेख गर्दै विवादको जड अन्तै रहेको बताए। ‘पटक-पटक दलहरुले यही ठाउँ (सभामुखको कार्यकक्ष)मा बसेर विवादित विषयमा हामीहरु सहमति नजिक छौं भन्नु भएको छ,' उनले भने, ’प्रचण्डजीले दश प्रदेशबाट तल झर्न तयार छौं भन्नुभएको छ, कांग्रेस–एमालेले सात प्रदेश भनेका छन्। एक स्टेप माथि जाने हो भने सहमतिको विन्दु भेटिन्छ।'
उनले संविधान, नियम कानुनभन्दा पनि जनताबीच गरेको प्रतिबद्धता मुख्य विषय भएको उल्लेख गर्दै सबै दलले माघ ८ मा संविधान जारी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरे। दलहरुबीच विवादित विषयमा सहमति हुने हो भने अझै पनि माघ ८ मा संविधान जारी गर्न सकिने उनको भनाइ थियो। उनले राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्यायप्रणालीमा सहमति भएमात्र त्यो संभव हुने बताए।
‘पहिला एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता दलहरुले जनाएका थिए। अहिले हुँदा-हुँदा दुई घण्टामा सहमति हुन्छ भनेका छन,' नेम्वाङले भने,’ दुई घण्टाभन्दा तल चाहि झरेका छैनन।' उनले संविधान र कानुनअनुसार संविधानसभा अध्यक्षको पद तटस्थ हुने भएकाले आफूले कसैमाथि पनि टिप्पणी गर्न नमिल्ने बताए। ‘संविधानसभा र सभामुखको भूमिका निर्वाह गरुन्जेल संविधान र कानुनअनुसार चल्छु,' उनले भने, ‘ त्यसैले अहिलेको मेरो भूमिका तटस्थ रहन्छ।'