काठमाडौं–संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएको चार सदस्यीय कार्यदलले विवादित विषयमा सहमति जुटाउन सकेको छैन। शनिवार विहान र बेलुका बसेको कार्यदलको बैठकमा कुनै सहमति नभएपछि आइतवार दिउसो १ बजे फेरि बस्ने गरी टुंगिएको छ।
बैठकमा पनि सदस्यले आफ्नो दलीय अडान नछोडेका कारण सहमति हुन नसकेको कार्यदलका एक सदस्यले जानकारी दिए। बैठकमा विवादित सबै विषयमा प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव मधेसी मोर्चाकोतर्फबाट कार्यदल सदस्य लक्ष्मणलाल कर्णले राखेका थिए। 'सबै विषयमा प्याकेजमा सहमति गर्दा सजिलो हुन्छ,' र्कणले नागरिकन्युजसँग भने,' सहमति भए प्याकेजमा हुन्छ नत्र हुँदैन।'
शीर्ष नेताको बैठकले दुई दिनभित्र सहमति गर्न समय दिएको भएपनि विवादित विषयमा सहमति नभएपछि कार्यदलले आफ्नो समय आफैं बढाएको छ। जस अनुसार कार्यदलको म्याद आज सकिएको छ। 'यो कुनै संविधान नियम अनुसार गठन भएको कार्यदल होइन,' कार्यदल सदस्य कर्णले भने,'आजै प्रतिवेदन बुझाउन कुनै बैधानिक बाध्यता नभएकाले भोली पुन बैठक बस्छ।' उनले दलहरुका आफ्ना अडान कायम रहेको बताए। 'फरक विचार, दर्शन भएकाले विषयमा फरक दृष्टिकोण कायमै छन,' उनले भने,' त्यसैलाई मिलाउन भोली पुन बैठक बस्ने तय भएको छ ।'
शनिवार दिउँसो कार्यदलको कामलाई प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री सुशील कोइराला एमाआवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । सो छलफल लगत्तै कार्यदलको बैठकपनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । तर बैठकले कुनै सहमति भने गर्न सकेन । कार्यदल सदस्य एवं एमाले उपाध्यक्ष भीम रावलले विवादित विषयमा छलफल जारी रहेको भन्दै थप प्रतिक्रिया नदिने बताए । 'ती विषयमा छलफल जारी छ, अहिले यतिमात्रै भनौं,' उनले भने ।
संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै प्रमुख तीन दल र मधेसी मोर्चाले चार सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदललमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले उपाध्यक्ष भीम रावल एमाओवादी महासचिव कृष्णबहादुर महरा र मधेसी मोर्चाका तर्फबाट सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण छन् ।
संविधान जारीगर्ने मिति नजिकिँदै गर्दा प्रमुख दलहरुबीच संविधानका अन्र्तवस्तु, राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्याय प्रणाली लगायतका विषयमा सहमति जुट्न सकेको छैन ।