काठमाडौं-वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीले नेपाल आयल निगमलाई कमजोर बनाउँदै तेलचोरीमा संलग्न ८६ वटा ट्यांकरलाई बिनाकारबाही छाड्न लगाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चोरीमा संलग्न व्यक्ति र ट्यांकरलाई कारबाही गर्न दिएको निर्देशनविपरीत केसीले निगम सञ्चालक समितिबाट ‘चोर'कै पक्षमा निर्णय गराएका हुन्।निगमले चोरलाई कारबाही नगरी छाड्न नमिल्ने अडान राखेको थियो। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट चोरलाई छाड्न नहुने अडानमा थिए। ‘राज्यमन्त्रीको दबाब आएको छ, जसरी पनि छोडनु पर्छ,' सञ्चालक समिति बैठकमा एक सदस्यले भनेका थिए, ‘जिद्दी नगर्नुस्, भोलि हामीलाई अप्ठेरो पर्छ,।'
अख्तियारले बिक्रेता विनियमावली र गुणस्तर विनियमावलीमा टेकेर कारबाही गर्न निर्देशन दिएको थियो। त्यो नियम लत्याउँदै सञ्चालक समितिले कारबाही फुकुवा गरेको हो। वाणिज्य तथा आपूर्ति सचिव नारायणगोपाल मलेगोले कारबाही गर्न नमिल्ने भएकाले छोडेको बताए। ‘पहिलोचोटिको चोरीमा कारबाही गर्न मिल्ने कानुन रहेनछ,' उनले भने, ‘दोस्रोपटक मात्र कारबाही गर्न सकिन्छ।' निगमका कानुनी सल्लाहकारले नियमको व्याख्या गरेपछि मात्र छाडिएको उनले बताए।
तेलचोर छुटाउन खोजिएको थाहा पाएपछि कार्यकारी निर्देशक भट्ट सञ्चालक समितिको बैठकमा समेत उपस्थित थिएनन्। निगम स्रोतका अनुसार राज्यमन्त्री केसीले व्यवसायीमार्फत दबाब दिएका थिए। केसीले चोर छुटाउन पेट्रोलियम व्यवसायी उचालेको स्रोतको दाबी छ।
उनले चोरीमा संलग्नलाई कारबाही नगर्न चारैतिरबाट दबाब दिएका थिए। कार्यकारी निर्देशक भट्ट दबाबप्रति असहमति जनाउँदै आइतबारको बैठकमा उपस्थितै भएनन्। उनको असहमतिकै कारण सञ्चालक समिति बैठकसमेत वाणिज्य मन्त्रालयमा बसेको थियो। वाणिज्य सचिव मलेगोको अध्यÔतामा बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाही निर्देशनलाई समेत वास्ता गरेन।
अख्तियारले दोषीलाई छिटोभन्दा छिटो कारबाही गर्न निर्देशन दिएको थियो। अख्तियारको निर्देशनपछि निगमले तेल चोरीमा संलग्न ट्यांकरलाई करिब एक महिनाअघि तीनमहिने निलम्बन गरेको थियो। तर केसीको दबाबमा एक महिना १० दिनमै कारबाही फुकुवा गरेको छ।
व्यवसायीलाई निलम्बन गरेपछि नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले दबाबस्वरुप तेल ढुवानी प्रभावित बनाएका थिए। महासंघको प्रतिनिधिले निगम व्यवस्थापनलाई कारबाही फिर्ता गर्न निरन्तर दबाब दिएका थिए।
अख्तियार प्रवक्ता श्रीधर सापकोटाले निर्देशन पालना नहुनु दुःखद भएको बताए। ‘हामीले कारबाही गर्न निर्देशन दिएका हौं,' उनले नागरिकसँग भने, ‘छोड्नलई होइन।' कारबाही नगरी छोडेको भए फेरि अख्तियारले विशेष चासो लिने उनको भनाइ छ।
ढुवानी व्यवसायी महासंघका सल्लाहकारसमेत रहेका चोपनारायण श्रेष्ठको ट्यांकरसमेत चोरीमा संलग्न भेटिएको थियो। भट्टले चोरीमा संलग्न रहेकाको कारबाही फुकवा नहुने अडान राखेपछि व्यवसायीले राज्यमन्त्री केसी गुहारेका थिए। केसीले कारबाही फुकुवा गर्न निगम व्यवस्थापनलाई आन्तरिक निर्देशन दिए पनि भट्टले अस्वीकार गरेका थिए।
भट्टले कारबाही फिर्ता लिन नमानेपछि पेट्रोलियम कारोबारमा संलग्न व्यवसायीले असहयोगको नीति लिए। भट्टलाई असफल बनाउने र नयाँ कार्यकारी निर्देशक ल्याउने खेलमा व्यवसायीसँगै राज्यमन्त्रीसमेत लागे। अहिले पेट्रोलियम कारोबारमा संलग्न व्यवसायीका संगठनले भट्टलाई घेराबन्दी गर्न थालेका छन्। कारबाही फुकुवा नहुने देखेपछि महासंघले भारतबाट तेल ल्याउनसमेत कम गरेको थियो।
जाडोमा डिजेलको माग बढी हुन्छ। ‘रक्सौलबाट आएको तेल अपुग हुने भएकोले बरौनीबाट ल्याउने निर्णय भएको थियो,' निगमका एक कर्मचारीले भने, ‘त्यो निर्णयसमेत उनीहरुले मानेका छैनन्।'
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको बेला धेरै ल्याएर भण्डारण गर्न निगम व्यवस्थापनले चाहेको थियो। तर मागअनुसार नआएपछि अहिले मुलुकभर अभाव छ। स्रोतका अनुसार भट्टलाई नेपाल एलपी ग्यास उद्योग संघले समेत कोटा बढाउन दबाब दिएको छ। ग्यासको कोटा बढाउन संघले पैसासमेत उठाएको थियो। भट्टलाई कोटा बढाइदिन भन्दै संघका पदाधिकारीले सोल्टी होटलमा बोलाएर पैसाको प्रलोभन दिएका थिए।
भट्टले व्यवसायीको ‘अफर' अस्वीकार गरेको स्रोतको दाबी छ। कोटा नबढाउने निर्णयबाट रुष्ट एलपी ग्यास उद्योग संघका पदाधिकारी भट्ट हटाउने अभियानमा छन्। पैसा दिएर भए पनि आफ्नो पक्षमा निर्णय गराउने लक्ष्य लिएका व्यवसायीको रणनीति असफल भएपछि तेल नउठाएर असहयोग गरेको निगम स्रोतको भनाइ छ।
गत वैशाखमा भारतबाट ल्याएको निगमको इन्धन बीच बाटैमा चोरी गर्ने १६ ट्यांकर व्यवसायीविरुद्ध रुपन्देही प्रहरी कार्यालयले पक्राउपुर्जी जारी गरेको थियो। त्यही बेला पनि श्रेष्ठ जोगाउन महासंघका पदाधिकारीले राजनीतिक तहमा दबाब दिएका थिए।
राष्ट्रिय सतर्कता केन्द्र र रुपन्देही प्रहरीले भैरहवा र भलबारीबीचको दुई ठाउ“मा छापा मार्दा तेल चोरी गर्दागर्दै १९ ट्यांकर समातिएका थिए। चालकले तेलचोरीमा ट्यांकरधनीको संलग्नता रहेको बयान दिएपछि प्रहरीले १६ जनाको नाममा पक्राउपुर्जी जारी गरेको हो।
पक्राउपुर्जीको विरोधमा महासंघको अगुवाइमा पश्चिमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघले भलबारीबाट तेल उठाउनै छाडेको थियो। महासंघले विभिन्न राजनीतिक दलका नेता भेटेर पक्राउपुर्जी खारेजी गर्न दबाब दिएको थियो। रुपन्देही प्रहरीले तेलचोरलाई कारबाही गर्ने अडान नछाडेपछि श्रेष्ठलगायत व्यवसायी फरार भए। श्रेष्ठ जोगाउन नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन र महासंघ एकजुट भएका थिए।