काठमाडौं–संविधानका विवादित विषयमा सहमति नभए पक्रियाबाट संविधान जारी गर्ने बताउँदै आएका सत्तापक्ष दलका सभासदले पक्रियामा भए दुई तिहाइ नपुग्ने चेतावनी दिएका छन्। माघ ८ मा संविधान जारी गर्न दबाव दिने उद्देश्यले सत्तापक्ष सभासदले गठन गरेको 'संविधान निर्माण दबाव अभियान' बैठकमा सत्तापक्ष दलका सभासदले प्रक्रिया मात्रै भनेर बस्ने हो भने दुई तिहाई बहुमत पुग्न नसक्ने बताए।
बुधवार सिंहदरबारमा बसेको अभियानको बैठकमा कांग्रेस सभासद मदन अमात्यले माघ ८ मा आफ्ना कतिपय सभासदलाई पैसा र प्रभावमा पारेर दुई तिहाइ पुग्न नदिने खेल हुनसक्ने शंका गरे। 'हामी सहमति नभए पक्रियामा जाने भनेर बसेका छौं। तर माघ ८ मा दुई तिहाई बहुमत नपुग्न सक्छ,' उनले भने,'विगतमा जस्तै सभासदलाई पैसा र शक्तिको भरमा प्रभावमा पार्ने काम हुनसक्छ। त्यसतर्फ ध्यान दिनुपर्छ।' संविधान जारी हुन्छ भने एमाओवादी अध्यष पुष्पकमल दाहालाई राष्ट्रपतिको पद दिन तयार हुनुपर्ने उनको भनाइ थियो।
कूल ६०१ जना सदस्य रहेको संविधान सभामा सत्ता पक्षका ४०४ सभासद छन्। तीमध्ये कांग्रेस २०६, एमाले १८२, राप्रपा १३, स्वतन्त्र २ र बहुजन समाज पार्टीको १ रहेका छन्।
माघ ८ मै संविधान जारी गर्न सत्तापक्ष सभासदहरुले संविधान निर्माः दबाव अभियान गठन गरेका छन् । सत्तापक्षीय युवा सभासदको बाहुल्यता रहेको अभियानमा माघ ८ मा सहमति तथा पक्रियामा गएर भएपनि संविधान जारी गर्न दबाव दिने अभियानले जनाएको छ।
अभियानका संयोजक प्रकाश ज्वालाले माघ ८ मा संविधान जारी गर्न संधिवानसभा अध्यक्षले नेतृत्वदायी भूमिका निर्वाह गर्न दबाब दिने बताए । सकेसम्म सहमतिबाटै संविधान जारी गर्नुपर्ने र विषयमा सहमति नभए प्रक्रियामा भएर भएपनि संधिवान जारी संविधानसभा अध्यक्षले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सो अवसरमा सभासदहरुले नेताहरुले सहमतिको 'गीत' गाउन छोडेर प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने बताए। उनीहरुले आफूहरुले जीत र पनि हारेको जस्तो अवस्थाबाट गुज्रनु परेको भन्दै सहमति नभए प्रक्रियामा भएर भएपनि माघ ८ मै संविधान जारी गर्नुपर्ने र त्यसको नेतृत्व संविधानसभा अध्यक्षले गर्नुपर्ने बताए । सभासदहरुले संविधान बनाउने काम आफूहरुको भएको उल्लेख गर्दै अब आग्रह गर्ने भन्दा पनि संविधान बनाउन तिर लाग्नुपर्ने बताए ।
दबाव अभियानले समयमै संविधान जारी गर्न सबै दलका सभासदसँग छलफल, बैठक, संवाद तथा सहमतिको पहल अघि बढाउने, सभासदबीच विषयबस्तु र प्रक्रियामा सहमतिका लागि संवाद चलाउने जनाएको छ । यसैगरी संविधानसभा अध्यक्षसँग संयुक्तरुपमा भेटघाट गरी संविधान निर्माणमा अगुवाइ र पहलकदमी लिन आग्रह गर्ने, प्रमुख दलका शीर्ष नेतासँग छुट्टछुट्टै छलफल गरी माघ ८ मा संविधान जारी गर्न दबाव दिने, संविधानसभाभित्र सभासदले धर्ना दिने र बाहिर विभिन्न पेशाकर्मी तथा नागरिक समाजलाई धर्ना दिन अपिल गर्ने, यी सबै काम गर्दासमेत सकारात्मक परिणाम ननिस्किए त्यसभन्दा पनि कडा कार्यक्रम ल्याउने दबाव अभियानले जनाएको छ ।