आन्दोलन र वार्ता सँगसँगै
१६ पौष २०७१
•
३ मिनेट पाठ
आन्दोलन र वार्ता सँगसँगै
काठमाडौं–पहिचान झल्कले संविधान जारी गर्न दबाव दिने भन्दै आन्दोलन घोषणा गरेको एमाओवादीसहितका विपक्षी दलहरुले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छन्। सत्तारुढ दल संविधान निर्माणप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै उनीहरुले घोषित आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय गरेका हुन्।बुधबार बसेको एमओवादीसहित सात दलको बैठकले सत्तारुढ दलले जनचाहना विपरित संविधान जारी गर्न लागेको निष्कर्ष निकाल्दै त्यसको सशक्त प्रतिकार गर्ने निर्णय गरेको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले जानकारी दिए।

'पहिचानसहितको संघीयता र संविधानसभाबाटै संविधान बनाउन आन्दोलन र वार्तालाईसँगै लैजाने निर्णय भएको छ,' यादवले भने।

पछिल्लो समयमा सत्तपक्ष दलले छलफल र वार्तालाईसमेत बेवास्ता गरेको भन्दै बैठकले आन्लोलन र वार्तालाई सँगसँगै लैजाने निर्णय गरेको छ। एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले पहिचानसहितको संघीयता र संविधानसभाबाटै संविधान जारी गर्न दबाव दिने भन्दै पुस १९ देखि माघ ५ सम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ। मोर्चाले माघ ५ गते संविधान जारी गर्ने दिन भने नेपाल बन्दसहित आमहड्तालको घोषणा गरेको छ। सो मोर्चामा संविधान सभाभित्रका १९ र संविधानसभा बाहिरका ११ दल गरी ३० दल समावेश छन्।

एमाओवादीसहितका विपक्षी दल सहमतिबाटै संविधान जारी गर्नुपर्ने अडानमा छन् भने सत्तापक्ष दल सहमति नभए प्रक्रिया गएर भएपनि संविधान जारी गर्नुपर्ने पक्षमा छन्। सहमति वा प्रक्रिया के गर्ने भन्ने विषयमा दलहरुबीच दूरी बढेको छ। उनीहरुबीच संविधानका अन्र्तवस्तु राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीलगायतका विषमया विवाद छ।

बैठकमा एमाओवादी, मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस सद्भावना पार्टी तथा राष्ट्रिय मधेस समाजवादी पार्टी सहभागी थिए।
अर्को समाचार
वार्ता र आन्दोलन सँगसँगै गरिने
२७ पौष २०६९
•
१ मिनेट पाठ
वार्ता र आन्दोलन सँगसँगै गरिने
काठमाडौं, पुस २७ - नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक निकासका लागि दलहरुबीच भइरहेको छलफल सहमतिमा पुग्न नसकेकाले अब वार्ता र आन्दोलन सँगसँगै लैजानुपर्ने बताएका छन् ।
नेपाल यातायात मजदुर सङ्घ अन्तर्गतको पर्यटन एकाइ, एयरपोर्टको पाँचौं अधिवेशनको आज उद्घाटन गर्दै महामन्त्री सिंहले राजनीतिक दलहरुबीच सहमति नहुनुमा विघठित संविधानसभाको ठूलो दलको हैसियतले एमाओवादी जिम्मेवार रहेको भन्दै सहमति नभए आफूहरु आन्दोलनमा जाने बताए ।

आन्दोलनमा जाँदा पनि आफूहरु वार्ता प्रक्रियाबाट अलग नहुने स्पष्ट पार्दै महामन्त्री सिंहले आफ्नो पार्टीले श्रमिकको अधिकारका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष लक्ष्मणबहादुर बस्नेत, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, सङ्घका केन्द्रीय अध्यक्ष अजयकुमार राईलगायतले सम्मेलन सफलताको शुभकामना दिए । रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस