काठमाडौं– दलहरुले सहमति गर्न नसके संविधान मस्यौदा लेखनको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानले आफूलाई सिन्को भाँच्नेसम्मको पनि अधिकार नदिएको बताएका छन्। संविधान र कानुनले सभामुखलाई आफ्नो व्यक्तिगत कुरा राख्न र कसैप्रति पनि कुनै टिप्पणी गर्न नदिएको बताएका नेम्वाङले धेरै जनामाथि टिप्पणी गर्न भ्याए।
शुक्रवार आदिवासी जनजाति संविधान सरोकार विज्ञ समुहसँगको भेटमा अध्यक्ष नेम्वाङले वर्तमान संविधानसभाले संविधान जारी गर्न नसके दशौं वर्ष पनि संविधानसभाबाट जारी नहुने बताए। मुलुकले छोटो समयमा निकै ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनले अहिलेको उपलब्धिलाई संस्थागत गर्दा मात्र सबैको अधिकार सुनिश्चित हुने जनाए।
'इतिहास हेर्ने हो भने यो छोटो अवधिमा मुलुकले धेरै उपलब्धि हासिल गरेको छ,' उनले भने,'हामीले यही उपलब्धिलाई संस्थागत मात्र गर्ने हो भने पनि धेरैले आफ्नो अधिकारबाट बञ्चित हुनुपर्दैन।' उनले पहिलो संविधानस सहमतिकै नाममा विघटन भएको र अहिले पनि दलहरुले सहमतिको विकल्प छैन भनेको उल्लेख गर्दै सहमतिको नाममा संविधानसभाबाट संविधान नबन्ने स्थिति आयो भने मुलुक शुन्यतामा जाने बताए।अहिले कै अवस्थामा संविधान जारी गर्न सकियो भने त्यसले आदिवासी जनजाति, मधेसी, मुश्लिमलगायतका जातजातिको अधिकार सुनिश्चित हुने उनको भनाइ थियो। अहिले पनि दलहरुबीच पहिचान सहितको संघीयता जारी गर्ने विषयमा खासै मतभेद नभएको उल्लेख गर्दै त्यसको व्याख्यामा फरक भएको बताए। 'दलहरु पहिचानसहितको संघीयतामा जान तयार छन्,' उनले भने,'त्यसलाई व्याख्या गर्ने शैलीमा मात्र फरकपना देखिएको हो।'
आफूले निकै मेहनत र चलाखी गरेर पहिलो संविधानसभाले गरेको कामको स्वामित्व लिने निर्णय संविधानसभाबाट गराएको उनको भनाइ थियो। 'धेरै जनाले त्यसको विरोध गरे। हिजोको असफल संविधानसभाले गरेको कामको जस हामीले किन लिने भनरे किनै विरोध भयो तर मैले निकै मेहनत र चलाखीपुर्ण तरिकाले त्यो संभव भयो,' उनले भने ।
धर्म निरपेक्षताको सवालमा अहिले पनि आफ्नो विरोध हुने गरेको उल्लेख गर्दै नेम्वाङले धर्म निरपेक्षता बिधिसम्मत ढंगले घोषणा गरिएको बताए । 'धर्म निरपेक्षता सुवास नेम्वाङले सुटुक्क छिरायो भनेर अहिले पनि विरोध भइरहेको छ,' उनले भने,' तर मन्त्रिपरिषदबाट स्वीकृत गराएर तथा राजपत्रमा प्रकाशित गरेपछि संविधानसभामा मैले वाचन गरेको हो।' दलहरुलाई मुलुक धर्म निरपेक्ष हुनुपर्छ भनेर आफूले 'कन्भिन्स' गराएको उनको भनाइ थियो ।
'अहिले पनि केही नेताहरु धर्म निरपेक्षताको कुरा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादलाई पनि थाहा थिएन र आफूलाई पनि थाहा नभएको बताउने गरेका छन,' उनले भने,' तर सबै विधि प्रक्रिया पुर्याएर नै मुलुकलाई धर्म निरपेक्ष घोषणा गरिएको हो।' तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वाचन गर्न नसकेका कारण मुलुक धर्म निरपेक्ष भएको घोषणा गर्ने सौभाग्य आफूले पाएको बताए।
केही दिन पहिला प्रधामन्त्री सुशील कोइरालाले धर्म निरपेक्ष घोषणा गरेको आफू र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि थाहा नभएको बताएका थिए। आदिवासी जनजाति संविधान सरोकार विज्ञ समुहमा सभासद रामकुमार खुम्बु, चैतन्य सुब्बा, कृष्ण भट्टचनलगायतले दुई तिहाइ बुहमतको नाममा पहिचानसहितको संघीयतालाई असर पार्न नहुने बताएका थिए।