काठमाडौं–राप्रपा नेपालले संचालन गरेको मेची महाकाली रथ यात्रा समापन कार्यक्रममा असन्तुष्ट पक्षले कालो झण्डा देखाएको छ। असन्तुष्ट पक्ष राप्रपा नेपाल शुद्धिकरण अभियानले कमल थापाले धर्मको व्यापार गरेको भन्दै कालो झण्डा देखाएको हो।
शुद्धिकरण अभियानका प्रचार संयोजक सगुन लावतीले कमल थापाले हिन्दुधर्मको व्यापार गरेको भन्दै कालोझण्डा देखाएको बताए। यसअघि शुद्धिकरण अभियानले मुलुकका विभिन्न स्थानमा कमल थापाको पुत्ला दहन गरेको थियो । बिहीवार भक्तपुरमा शुद्धिकरण अभियानले थापाको पुत्ला दहन गरेको थियो।
राप्रपा नेपालले हिन्दुराज्य स्थापनाको अभियान अन्र्तगत मेची महाकाली रथयात्रा आयोजना गरेको थियो । पुस ९ गते काकँडभित्ताबाटसुरु भएको रथयात्रा शुक्रवार पुशपतिनाथमा पुगेर विसर्जन हुँदैछ।