प्रक्रियाबाट संविधान जारी गरे सशक्त प्रतिकार गर्ने ३० दलको निष्कर्ष
२० पौष २०७१
•
४ मिनेट पाठ
प्रक्रियाबाट संविधान जारी गरे सशक्त प्रतिकार गर्ने ३० दलको निष्कर्ष
काठमाडौं–सहमतिको संभावना न्युन भएको निष्कर्ष निकाल्दै एकीकृत माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले आफ्नो रणनीति तयार पारेको छ। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पेश गरेको प्रतिवेदनमाथिको छलफल सकिन एक दिन अघि आइतबार ३० दलीय गठबन्धनले नयाँ रणनीति तयार पारेका हुन्।गठबन्धनको आइतवार बसेको बैठकले कांग्रेस–एमालेले दुई तिहाई बहुमतको आधारमा पेलेर जाने रणनीति लिएको भन्दै गठबन्धनले संविधानसभा भित्र र बाहिर विरोधका कार्यक्रमलाई सशक्त बनाउने निर्णय गरेको गठबन्धनका सदस्य आरके खुम्बुले जनाए।




गठबन्धनले सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिँदै प्रक्रियामा गएर संविधान जारी गरे त्यसको प्रतिकार गर्ने निर्णय गरेको उनले जानकारी दिए।

बैठकले संविधानसभामा संवाद समितिको प्रतिवेदनमाथिको छलफल सकिएपछि सहमतिको लागि पुनः संवाद समितिमा पठाउनुपर्ने भन्दै फिर्ता नपठाइ दुई तिहाईको भरमा जर्बजस्ती गर्न खोजिए प्रतिकार गर्ने चेतावनी दिएको छ। बैठकले संविधानसभाभित्र र बाहिर सँगै आन्दोलन गर्ने तयारी गरेको छ। बैठकले प्रक्रियामा लगेर जर्बजस्ती संविधान जारी गरे त्यसको सशक्त प्रतिकार गर्ने र पुस २५ देखि घोषणा गरिएका बन्दका कार्यक्रम अगाडि सार्ने विषयमा छलफल भएको खुम्बुले जनाए।

'अहिलेसम्मको स्थिति हेर्दा कांग्रेस–एमाले सहमतिको पक्षमा नदेखिएको बैठकले निष्कर्ष निकालेको छ,' खुम्बुले नागरिकन्युजसँग भने,' पुरै विषयमा सहमति नभए पनि प्रक्रियामा जाने विषयमा सहमति चाहिन्छ। त्यसमा पनि सहमति नगरी पेलेर जाने हो भने संविधानसभाभित्रै सशक्त प्रतिकार गर्ने निर्णय गरेका छौं।'

बैठकले सभामुखले आफूलाई स्वविवेकीय अधिकार दिन गरेको प्रस्ताव ग्रयाण्ड डिजाइन अन्तर्गत भएको निष्कर्ष निकाल्दै प्रस्तावको विरोध गरेजस्तो गरेर कांग्रेसले जनता झुक्याउने काम गरेको निष्कर्ष निकालेको छ।

बैठकमा एमाओवादी अध्यष पुष्पकमल दाहालले प्रमसख दलहरुबीच भएको पछिल्लो छलफलका विषयमा ब्रिफिङ गर्दै छलफल सकारात्मक भएपनि विषयमा कुनै सहमति नभएकाले सहमतिको संभावना न्यून भएको बताएका थिए। 'वार्ता गर्दा कुरा मिलेजस्तो देखिन्छ । तर विषयमा कुनै पनि सहमति भएको छैन,' बैठकमा दाहालले भनेको कुरा उद्धृत गर्दै थरुहट तराई पार्टीका सभासद गोपाल दहितले नागरिकन्युजसँग भने,'विषयमा सहमति नभएपछि अन्य कुरा सकारात्मक भएर हुँदैन। सहमतिको संभावना न्युन हुँदै गएको छ ।'

दहितका अनुसार प्रक्रियामा गएर संविधान जारी गर्ने प्रयास गरे माघ ५ गते घोषणा गरेको नेपाल बन्द र आम हड्तालको कार्यक्रमलाई अगाडि सारेर बाहिर नेपाल बन्द र भित्र सशक्त प्रतिकार गर्ने निर्णय बैठकले गरेको छ। संभावित मूठभेड नहोस भनेर सहमतिको पहललाई भने निरन्तरता दिने बैठकले निर्णय गरेको छ । गठबन्धनले आफ्नो साझा अबधारणासमेत सार्वजनिक गरेको छ ।

३० दलीय गठबन्धनले सहमतिबाटै संविधान जारी गर्न दबाव दिने भन्दै पुस २५ देखि विभिन्न क्षेत्र बन्दसहित माघ ५ गते आमहड्तालसहित नेपाल बन्दको कार्यक्रम घोषणा गरिसकेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस