‘संविधान कहिले आउँछ सभाध्यक्षज्यू?'
२१ पौष २०७१
•
५ मिनेट पाठ
‘संविधान कहिले आउँछ सभाध्यक्षज्यू?'
काठमाडौं-‘म खाडी मुलुकबाट एक कामदार बोलेको हुँ, हाम्रो संविधान कहिले आउँछ सभाध्यक्षज्यू?'
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मोबाइलमा प्रश्न तेर्सिन्छ।
नेम्वाङ जवाफ दिन्छन्, ‘आउँछ, आउँछ।'सभाध्यक्ष नेम्वाङलाई संविधान कहिले आउँछ भनेर मोबाइलमा यस्ता प्रश्न दैनिक डेढ दर्जन सर्वसाधारणले सोध्ने गरेका छन्। नेम्वाङ सबैलाई चिन्दैनन्। उनले दिने उत्तर भने एउटै हुने गरेको छ। 
प्रश्न गर्नेले धेरै सोध्दैनन् न त उत्तर दिनेले नै धेरैबेर लगाएर जवाफ दिन्छन्। 
बेलाबेलामा ‘तपाईंले नै ल्याउने होइन र!' भनेर पनि नेम्वाङको मोबाइलमा प्रश्न आउँछ।
‘अहिले दैनिक १५/१६ जनाले नचिनेको नम्बर र विदेशबाट सीधै फोन गर्छन्,' नेम्वाङले सोमबार आफ्नै कार्यकक्ष सिंहदरबारमा पत्रकारसँग भने, ‘उनीहरू सबैको एउटै प्रश्न हुन्छ। उनीहरू जसरी पनि माघ ८ मा संविधान ल्याइदिन आग्रह गर्छन्।'
सभाध्यक्ष नेम्वाङले कतिपयलाई नेताहरूले नै सहमति गर्ने हो भनेर उत्तर दिने गरेको सुनाए। ‘कतिपयलाई भने संविधान आउँछ भन्दिने गरेको छु,' उनले भने। 
संविधानसभा अध्यक्ष नेम्वाङले बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा राजनीतिक दलहरूलाई विवादित विषयमा सोमबारसम्म सहमति कायम गर्न भनेका थिए। सहमति नभए संविधानको पहिलो मस्यौदा ल्याउने जिम्मा आफूलाई दिन समेत उनले आग्रह गरेका थिए। त्यसदिनदेखि उनलाई ‘संविधान कहिले ल्याउनुहुन्छ?' भनेर फोनबाटै सोध्नेहरू बढेका छन्।
जिल्लामा गएका सभासदको सधैं एउटै गुनासो हुन्थ्यो– हामीलाई जनताले संविधान कहिले आउँछ भनेर प्रत्येक दिन प्रश्न गर्छन्, तर जवाफ दिन सकिएन। तर, अहिले संविधानसभा अध्यक्षलाई नै यस्ता फोन र म्यासेज बारम्बार आउने गरेका छन्। 
‘आज पनि उहाँ (सभाध्यक्ष) को मोबाइलमा पाँच/सातवटा म्यासेज आएका छन्,' नेम्वाङका स्वकीय सचिव सुदर्शन कुइँकेलले सुनाए।
संविधानसभा अध्यक्ष जस्तै मन्त्रीहरूलाई पनि ‘माघ ८ मा संविधान आउँछ?' भनेर फोन र एसएमएस आउने गरेको छ। युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आइतबार संविधानसभा बैठकमै जनताले आफूमाथि गरेका प्रश्न तेर्स्याएका थिए, ‘जनताले भेट्नेबित्तिकै सोध्छन्, नेताज्यू संविधान माघ ८ मा आउँछ त?'
पौडेलले जनताको प्रश्नको जवाफ शीर्ष नेताहरूले दिनुपर्ने बताए। ‘माघ ८ मा हामीले नै जनतालाई संविधान दिन्छौं भनेका हौं, हामीले भनेको समयमा संविधान दिन नसके जनताले हाम्रो कार्यक्षमतामा प्रश्न गर्नेछन्। सहमति नगर्ने अनि प्रक्रियामा पनि नजाने भए कसरी संविधान बन्छ? जनताको यो प्रश्नको जवाफ शीर्ष नेताहरूले दिने बेला भएको छ।'
कांग्रेसका यज्ञबहादुर थापाले पनि संविधान निर्माणसँग सम्बन्धित प्रश्न जनताले सधैं सोध्ने गरेको बताए। ‘अब पनि संविधान नबनाउने हो भने विगतमा पञ्चेबाजा र फूलमालाले स्वागत गर्ने जनताले ढुंगामुढाले स्वागत गर्नेछन्,' संविधानसभा बैठकमा उनले भने। 
उनले बहुमतबाट संविधान बन्ने प्रक्रियालाई अल्पमतले बन्दी बनाएको आरोपसमेत लगाए। ‘बहुमतबाट संविधान बनाउन खोज्दा सभामा प्रवेश गर्न रोकिएको छ,' उनले भने, ‘अल्पमतले बहुमतलाई बन्दी बनाएको उदाहरण कुनै देशमा छैन।'


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस