काठमाडौं–एमाले अध्यक्ष केपी ओलीले आफूहरुको मानमर्दन हुने अभिव्यक्ति दिएको भन्दै एमाले नेता सहभागी हुने बैठकमा नजाने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्णय गरेको छ। मोर्चाको बुधवार बसेको बैठकले ओलीले माफी नमागेसम्म एमालेसहितको बैठकमा नजाने निर्णय गरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल र मधेसीम मोर्चाको बैठकमा एमाले अध्यक्षले 'यूपी विहारलाई पनि मिसाउनु र यस्ता बेतुकका कुरा गर्ने भन्दै अपमानजनक कुरा शब्द्ध प्रयोग गर्दै मधेस र मधेसीप्रति अपमानजनक उक्त अभिव्यक्तिलाई मोर्चाले घोर भत्र्सना गर्दछ,' बैठकपछि मोर्चाद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष ओलीले मधेसी दलले सम्म भूमाग देख्यो भने मधेस प्रदेशमा राख्ने खोजेको अभिव्यक्ति दिएका थिए। ओलीको सो अभिव्यक्तिपछि बालुवाटार बैठक बिना निष्कर्ष सकिएको थियो।
मोर्चाले संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने बैठकमा सद्भावना अध्यक्ष राजेन्द्र महतोले मधेसको भू–भाग मधेस/थरुहट प्रदेशमै राख्नुपर्ने अभिव्यक्ति व्यक्त गर्दा एमाले अध्यक्ष उत्तेजित बनेको आरोप लगाएको छ। ओलीको सो अभिव्यक्तिको विरोधमा बुधबार साँझ सद्भाना पार्टीले ओलीको पुत्ला समेत जलाएको छ। सद्भावनाले ओलीको अभिव्यक्तिले सिंगो मधेसी समुदायलाई अपमानित गरेको भन्दै पुत्ला जलाएको हो।