काठमाडौं- संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा बुझाएको प्रतिवेदन पुनः संवाद समितिमै फर्काउन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रमुख दलका नेताले आग्रह गर्ने भएका छन्।बिहीबार बसेको प्रमुख तीन दलको बैठकले केही दिनकालागि उक्त प्रतिवेदन संवाद समितिमा फिर्ता पठाउन संविधानसभा अध्यक्षलाई आग्रह गर्ने एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। संविधानका विवादित विषयमा संविधानसभामा सहमति नहुने भएकाले सहमतिको लागि भन्दै केही दिनकालागि प्रतिवेदन फिर्ता पठाउन सभाध्यक्षलाई आग्रह गर्ने सहमति भएको खनालले जनाए। 'तीन चार दिनका लागि प्रतिवेदन पुन संवाद समितिमा नै फिर्ता पठाउन आग्रह गर्ने सहमति भयो,' खनालले भने, 'त्यसबीचमा सहमतिको प्रयास घनिभूत ढंगले गरिन्छ।' तर, कुन शर्तसहित फिर्ता पठाउने भन्ने विषयमा भने कुनै सहमति भएको छैन।
स्रोतका अनुसार संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले भने पाँच दिनभित्र सहमति गर्ने गरी प्रतिवेदन फिर्ता पठाउने तयारी गरेका छन्। पाँच दिनभित्र सहमति नभए स्वतः संविधानसभामा जाने गरी प्रतिवेदन संवाद समितिमा पठाउने नेम्वाङले तयारी गरेको स्रोतले जनायो।
सोही विषयमा संविधानसभा भवन नयाँ बानेश्वरमा अहिले प्रमुख शीर्ष नेताले संविधानसभाअध्यक्ष सुवास नेम्वाङसँग छलफल गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाकातर्फबाट विजय गच्छदार बैठककमा सहभागी छन्।
बिहीबार प्रमुख तीन दलको बैठक मधेसी मोर्चाले भने बहिष्कार गरेको थियो। एमाले अध्यक्ष ओलीले मोर्चाको अपमान गरेको निष्कर्ष निकालेको मोर्चाले ओलीले माफी नमागेसम्म एमाले सहभागी हुने बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो। बिहानको बैठक बहिष्कार गरेको मोर्चाले संविधानसभा अध्यक्षसँगको बैठकमा भने सहभागीता जनाएको छ।