काठमाडौं- संविधान जारी गर्ने मिति नजिकिँदै जाँदासमेत प्रमुख दलका शीर्ष नेताले संविधानका अर्न्ततवस्तुमा सहमति जुटाउन नसकेपछि युवा सभासदले नयाँ विकल्पको खोजी थालेका छन्। सत्ता पक्ष र प्रतिपक्ष दलका युवा सभासदले दुवै पक्षले पेस गरेको प्रस्तावबाट साझा अवधारणा खोज्न गोप्य छलफल गरेका छन्।सत्तापक्षले प्रस्ताव गरेको नौं बुँदे र प्रतिपक्षले पेस गरेको नौं बुँदे प्रस्तावबाट सहमतिको विन्दु खोज्नुपर्ने भन्दै युवा सभासदले छलफल थालेका हुन्। बिहीबार सत्तापक्ष र प्रतिपक्ष सभासदले साझा अवधारणा ल्याउन छलफल गरे। बैठकमा कांग्रेसका तर्फबाट गगन थापा र चन्द्र भण्डारी, एमालेबाट प्रकाश ज्यावा, योगश भट्टराई र रविन्द्र अधिकारी, एमाओवादीबाट शक्ति बस्नेत र रेखा शर्मा तथा मधेसी मोर्चा र थरुहट तराई पार्टीका गोपाद दहित सहभागी थिए।
गोप्यरुपमा बसेको सो बैठकमा प्रमुख दलले आफ्नो अडान नछोड्दा सहमतिको सम्भावना क्षीण बन्दै गएको निष्कर्ष निकाल्दै युवा सभासदले सत्तापक्ष र प्रतिपक्षको नौं बुँदे प्रस्तावबाट दुवैलाई मान्य हुनेगरी वैकल्पिक प्रस्ताव ल्याउने तयारी गरेका छन्। बैठकमा सहभागी सभासद गोपाल दहितका अनुसार संविधानका अर्न्तवस्तुमा देखिएका मुख्य विवादित विषय संघीयताका विषयमा समेत फरक ढंगबाट छलफल भएको छ। जसअनुसार तराईका पाँच जिल्ला (झापा, मोरङ, सुनसरी, कैलाली र कंचनपुर) को विकल्प खोज्नेगरी सहमतिको प्रयास भएको छ। अहिले दलहरुबीच संघीयताका विषयमा सहमति हुन नसकेको छैन। सत्तापक्षले पेस गरेको नौं बुँदे अवधारणामा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई तराईबाट अगल राख्ने प्रस्ताव गरिएको छ, जसको मधेसी दल र थरुहटले विरोध गर्दै आएका छन्।
विवादित पाँच जिल्लाका विषयमा वैकल्पिक प्रस्ताव तयार पार्ने गरी छलफल भएको एक नेताले जनाए। एमाले सचिव योगेश भट्टराईले पाँच जिल्ला पहाडमा नमिलाउन तराईमा तीन प्रदेशको प्रस्ताव अघि सारेका छन्। उनले नवलपरासीको परासीदेखि कञ्चनपुरसम्म, पर्सादेखि धनुषासम्म सिराहादेखि झापासम्म गरी तीन वटा प्रदेश वैकल्पिकरुपमा अगाडि सारेका थिए। सो प्रस्तावप्रति मधेसी मोर्चापनि सकारात्मक रहेको एक नेताले जनाए।
छलफलमा निर्वाचन प्रणालीमा पनि नयाँ प्रस्ताव लैजाने सहमति भएको छ। जसअनुसार समानुपातिक निर्वाचन प्रणालीमा जाँदा पूरै देशलाई निर्वाचन क्षेत्र नमानी प्रदेशलाई निर्वाचन क्षेत्र मान्ने र प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अपनाउने गरी छलफल भएको छ।
शासकीय स्वरुपको सर्न्दभमा कार्यकारी प्रधानमन्त्री र केही अधिकारसहितको राष्ट्रपतिको व्यवस्था गर्ने विषयमा छलफल चलेको छ।
स्रोतका अनुसार सत्तारुढ दलले नै युवा सभासदलाई नयाँ विकल्पसहित सबै दलसँग परामर्श गरी वैकल्पिक प्रस्ताव ल्याउन आग्रह गरेपछि सत्तापक्षका सभासदको पहलमा छलफल थालिएको हो। बैठकमा विवादित विषयमा सहमति नै भएपनि माघ ८ मा संविधान जारी गर्न नसकिने भन्दै जेठमा नयाँ संविधान जारी गर्ने गरी छलफललाई अगाडि बढाउने तयारी भएको छ। शनिबार आवासीय बैठक बस्ने तयारी भएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री सुशीस कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू निकट नेतालाई सहमतिको विकल्प ल्याउने जिम्मेवारी दिएका छन्।