काठमाडौं- सत्तापक्षीय दलले पेस गरेको ९ बँदे अवधारणामा समर्थन गर्ने दलहरुले समयमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाएका छन्। ती दलहरुको नयाँ बानेश्वरस्थित संविधानसभाको लोत्से हलमा भएको बैठकले समयमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादर केसीले बताए।उनका अनुसार सहमति वा प्रकृया जसरी भए पनि निर्धारित मिति (माघ ८) मै संविधान जारी गर्न दबाब दिन हस्ताक्षर अभियान चलाएको बताए।
अभियानमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, बहुदल शक्ति पार्टी र दुई स्वतन्त्र सभासद्ले हस्ताक्षर गरेका छन्।
संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभाले सहमतिका लागि भन्दै पुनः संवाद समितिमा फिर्ता पठाएको एक दिनमै सत्तापक्षीय सभासद्हरुले यो अभियान चलाएका हुन्। संविधानसभाको बिहीबारको बैठकमा संवाद समितिको प्रतिवेदनमाथि छलफल सकिएपछि सहमतिका लागि भन्दै प्रतिवेदन फिर्ता पठाएको थियो।