काठमाडौं- संवैधानिक राजनीतिक तथा सम्बाद सहमति समितिको बैठक बिना निष्कर्ष सकिएको छ। विषयमा प्रवेशै नगरी चलेको एक घन्टे बैठकमा अनौपचारिक छलफलमात्र भएको स्वतन्त्र सभासद् अतहर कुमाल मुसलमानले जानकारी दिए। उनले नेताहरुले २७ गतेसम्मका लागि अनौपचारिक छलफल गरेर सहमति जुटाउने प्रयास गर्ने सहमति भएको बताए।
'पुस २७ गतेसम्म अनौपचारिक छलफल गरेर सहमतिको प्रयास गरिने सहमति भयो,' उनले भने, 'अनौपचारिक छलफलमा शीर्ष नेता, सभामुख, सम्बाद समितिका सभापति, मस्यौदा समितिका सभापति रहनेछन्।'
आजको बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु उपस्थित थिए।
संविधानसभामा छलफल सकिएपछि विवादित विषयमा सहमति जुटाउन सम्बाद समितिको प्रतिवेशन पुनः समितिमै पठाइएको थियो। सहमति जुटाउने प्रयासस्वरुप समितका सभापति बाबुराम भट्टराईले आज बैठक बोलाएका थिए।