काठमाडौं–सरकारलाई समर्थन गरेका सात राजनीतिक दलले कांग्रेस-एमालेले ल्याएको नौ बुँदे अवधारणा नसच्याए सहयोग गर्न नसकिने चेतावनी दिएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस–एमाले, राप्रपा, माले, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा संयुक्त, जनगारण पार्टीलगायत दलको बैठकमा साना दलका नेताले यस्तो चेतावनी दिएका हुन्।बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले साना दललाई आफूहरुले प्रस्ताव गरेको नौ बुँदे अवधारणामा सहमति जनाउन आग्रह गरेको नेपाल परिवार दलका सभासद एकनाथ ढकालले जानकारी दिए। प्रधानमन्त्रीले निर्धारित समयभित्रै संविधान जारी गर्न सबैको सहयोग आवश्यक रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए। ‘हामी सकेसम्म सहमतिबाटै संविधान जारी पर्ने पक्षमा छौं,'प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागि ढकालले नागरिकन्युजसँग भने,’ सहमति हुन सकेन भने प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्छ त्यसका लागि तपाईहरुले सहयोग गर्नुपर्छ।'
बैठकमा साना दलका नेताले कांग्रेस–एमालेले तयार पारेको नौ बुँदे प्रस्तावमध्ये निर्वाचन प्रणाली र राज्य पुर्नसंरचनाकाको अवधारणामा संशोधन गर्नुपर्ने बताएका थिए। बैठकमा राप्रपाका नेता सुर्यबहादुर थापाले राज्यपुर्नसंरचना र निर्वाचन प्रणालीको अवधारणा नसच्याए सहयोग गर्न नसकिने बताएका थिए। ‘हामीले पहिला तपाईहरुको प्रस्तावमा हस्ताक्षर गरेर गल्ती गरेको अनुभव भइरहेको छ,' थापाको भनाई उद्धृत गर्दै एक नेताले भने,’राज्यपुर्नसंरचना र निर्वाचन प्रणालीको अवधारणामा संशोधन नगरे सहयोग गर्न सकिँदैन।'
साना सबै दलले राज्यको पर्नसंरचना गर्दा संघहरु उत्तर दक्षिण हुनुपर्ने र मिश्रित निर्वाचन प्रणाली हुनुपर्ने बताएका थिए। ‘प्रदेश निर्माण गर्दा हिमाल, पहाड, तराई जोडिनुपर्छ भन्ने हाम्रो अडान हो,' परिवार दलका अध्यक्षसमेत रहेका ढकालले भने,’ हिमाल-पहाड-तराई जोडिएको प्रदेश नै दिगो हुन्छ भन्ने हामीले राय दियौं।'
साना दलले मिश्रित निर्वाचन प्रणाली अपनाउने नौ बुँदे अवधारणामा उल्लेख भएपनि प्रतिशत बढाउनुपर्ने माग गरेका छन्। ‘उहाँहरुको आशय ७०(प्रत्यक्ष) र ३० (समानुपातिक) प्रतिशत भन्ने बुझियो,' ढकालले भने, ‘हामीलाई त्यो स्विकार्य छैन भनेर स्पष्टसँग राखेका छौं।'
उनीहरुले नौ बुँदे प्रस्ताव संशोधन नगरे प्रक्रियामा गएर संविधान जारी गर्ने बेला सहयोग गर्न नसकिने चेतावनी दिएका थिए। ‘तपाईहरु सहमति नभए प्रक्रियामा गएर पनि संविधान जारीगर्ने बताउँदै हुनुहुन्छ,' बैठकमा राप्रपा नेता सुर्यबहादुर थापाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘नौ बुँदे अवधारणा संशोधन नगरे प्रक्रियामा जाँदा दुई तिहाई नपुग्न सक्छ।’
साना दलको कुरा सुनेपछि प्रधानमन्त्री सुशील कोइरालाले यस विषयमा केही दिनभित्रै बैठक बसेर साना दलको माग सम्बोधन गर्ने विषयमा छलफल गर्ने बताएका थिए। ‘हामीले पुष २९ गते अगाडि नै आफ्नो साझा अवधारणा तय गर्नुपर्छ,' प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘२९ गते बस्ने संविधानसभाको बैठकमा साझा अवधारणा पेश गर्नुपर्छ।'
बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, कांग्रेस उपसभापति रामचन्द्र पौडेले महामन्त्री कृष्ण सिटौला, मिनेन्द्र रिजाल, महेश आचार्यलगायतका नेताको सहभागीता रहेको थियो।