काठमाडौं- एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले अधिकार र पहिचानविहीन संविधान निर्माण गरे सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ। सिंहदरवारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा भएको बैठकमा कांग्रेस-एमालेले सेना, प्रहरी, कमान्डो र कर्मचारी परिचालन गरेर संविधान जारी गर्ने रणनीति बनाएको भन्दै कडा प्रतिकार गर्ने निष्कर्ष निकालेको राष्ट्रिय जनमुक्ति पार्टीका सभासद् शिवलाल थापाले जानकारी दिए।मोर्चाले घोषणा गरेको आन्दोलनलाई पनि सशक्तरुपमा अगाडि बढाउने निर्णय गरेको छ। मोर्चाले आजदेखि सशक्त आन्दोलनको घोषणा गरेको थियो।
बैठकमा मोर्चाका संयोजक पुष्पकमल दाहाललले प्रधानमन्त्री र ओलीको प्रस्तुती हेर्दा सहमतिको सम्भावना नरहेको बताए। 'प्रधानमन्त्री र केपीजीको प्रस्तुती हेर्दा सहमतिको सम्भावना देखिएन,' दाहालको भनाई उद्धृत गर्दै थापाले भने, 'सहमतिको सम्भावना नदेखेरै हामीले सशक्ति प्रतिकार गर्ने निर्णय गरेका हौं।'