'सुनौलो हजार' का आमासंग उपाध्यक्ष बुढा
०५ माघ २०७८
•
३ मिनेट पाठ
'सुनौलो हजार' का आमासंग उपाध्यक्ष बुढा
तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष बिष्णु बुढा सुनौलो हजार दिन भित्रका आमासंग उपाध्यक्ष कार्यक्रम लिएर गाउँमा निस्केकी छिन्। उनी पोषण सहजकर्ता,स्वास्थ्यकर्मी लिएर पोषण अवस्थाको बारेमा सहजीकरण गर्न गाउँ निस्केकी हुन्।  




पहिलो बर्ष फिल्टर बाड्यौँ। दोस्रो वर्ष अण्डा, तेल र साबुन बाड्यौँ। तेस्रो बर्ष पोषिलो कोशेली लिएर गाउँ गयौँ,उपाध्यक्ष बुढाले भनिन्,‘एकोहोरो सरकारले बाँडेर मात्र नहुँदो रहेछ। अब गर्भवती तथा सुत्केरी आमालाई आफैले पोषिलो खानेकुरा बनाउनको लागि सुझाउँदै गाउँगाउँमा पुगिरहेका छौँ। ’ पोषिलो कोशेलीस्वरुप धान उत्पादन नहुँने क्षेत्रमा स्थानीय जातको मार्सी चामल,धानउत्पादन नहुँने क्षेत्रमा चना दिइएको थियो। त्यो संगै बच्चालाई न्यानो कपडा,तोरीको तेल र सुनौलो हजार दिन भित्रका आमाको पहिचान दिलाउने झोला दिइएको थियो।

उपाध्यक्ष बुढाले भनिन्,‘अब यहाँका आमा र बच्चाको पोषण अवस्था सधार गर्न उनीहरुलाई जिम्मेवार बनाउनुपर्छ भन्ने ठान्यौँ, यो बर्ष सचेतना फैलाउने गाउँमै पुग्न थालेका छौँ।’ तिला गाउँपालिका १ रारागाउँ देखि यो कार्यक्रम सुरु भएको छ। यो बेला सुरक्षित सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानु पर्ने,नियमित चेकजाँच गर्दै खानपानमा ध्यान दिनु पर्ने,बच्चालाई नियमित स्तनपान गराउदै पोषिलो खानेकुरा खुवाउनको लागि हरेक आमा तयार हुनु पर्ने जस्ता सन्देश दिइएको छ।  

अहिले हाम्रो समाजमा गेडागुडी जन्य बस्तु बेचेर चाउचाउ विस्कुट किन्ने गरिन्छ। आलु बेचेर सोयाबडी किन्ने गरिएको छ। सिमी,फापर बेचेर मैदा किनेर रोटी बनाएर खुवाउने गरिन्छ,यो कार्य पटक्कै राम्रो भएन उपाध्यक्ष बुढाले भनिन्,‘आफ्नै खेतबारीमा उत्पादित पोषिलो खानेकुरा खवाउनुपर्छ। यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्नुपर्छ भन्ने मनसायले गाउँगाउँमा पुग्ने कार्य सुरु भएको छ। ’

तिला १ रारागाउँमा ९७ जना सुनौलो हजार दिन भित्रका आमा छन। उनीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पोषणको महत्वका बारेमा सहजीकरण गरिएको छ। कुपोषणबाट आफु बच्न र बच्चालाई समेत बचाउनको लागि आग्रह गरिएको छ।  

स्वास्थ्यचौकी जुम्लाकोटमा इन्चार्ज स्वास्थ्यकर्मी बिराजु जिसीले सुनौलो हजार दिनभित्रका आमालो पोषणको महत्वका बारेमा निकै संवेदनशिल हुनु पनेए बताए। उनले भने,‘८० प्रतिशत दिमागको विकास २ वर्षभित्र हुन्छ। यो बेला पोषिलो आहारको आवश्यक पर्छ। सुरक्षित स्तनतपानको जरुरत पर्छ। स्तनपान र पोषणबारे गर्भवती तथा सुत्केरी आमा जानकार हुनुपर्छ।'

उनले स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी,माछामासु,अण्डा जस्ता पोषिलो खानेकुराको प्रयोग गर्न सुझाव दिए। उनले थपे,‘आमा र बच्चा सुपोषित हुनुपर्छ। कुपोषणको चक्र तोड्नु पर्छ। अनिमात्र हाम्रो गाउँबस्ती समाज स्वस्थकर बन्छ।’ तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत हरेक वडामा सुनौलो हजार दिन भित्रका आमा संग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावत बताउँछिन्।  

पहिले सुत्केरी हुँदा समेत गोठमै बस्ने चलन थियो।  कमसल खानेकुरा दिने,खानपान र आराममा ध्यान नदिने गरिन्थ्यो, पहिले भन्दा अहिले निकै सुधार भइसकेको छ,पोषण संयोजक रावतले भनिन्,‘अझै पनि सुनौलो हजार दिनभित्रका आमाको स्वास्थ्य बारेमा निकै जिम्मेवार हुन आवश्यक छ। उनीहरु एक्लैले सबै काम गर्न सक्दैनन। अभिभावक र छरछिमेकले समेत सघाउनुपर्छ।' यो कार्यक्रम गाउँपालिका भित्रका सबै वडामा सञ्चालन हुनेछ।  

पोषण अवस्था,पोषिलो खानेकुरा,पोषणको महत्व,स्तनपानका आसन देखि गर्भवती र सुत्केरी आमाको अनुभव समेत लिने गरिएको छ। पोषण र पोषिलो खानेकुरा बारेमा गाउँमा पुगेर सचेतना जगाउन थालेपछि स्थानीय महिला उत्साहित छन्। महिला स्वास्थ्य स्वयमसेविका गोइली रावत जब सम्म महिला सचेत हुदैनन। तब सम्म कुपोषणको चक्र तोड्न नसकिनेकोले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकुल भएको बताइन।  

उनले भनिन्,‘गाउँमा महिला स्वास्थ्य स्वयमसेविकाले नियमित गर्भजाँच,सुरक्षित सुत्केरी,आइरन चक्कीको प्रयोग देखि पोषिलो खानेकुराका बारेमा बारम्बार भनिरहेका त  छौँ। तर यो पटक गाउँपालिका आफै गाउँमा पुगेर सहजीकरण गर्न थालेपछि सहज बनेको छ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३८ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस