काठमाडौं- शीर्ष नेताहरुको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। सिंहदवारस्थित राज्यव्यवस्था हलमा भएको बैठकमा गम्भिररुपमले छलफल भएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताए। बैठकबाट बाहिरिँदै दाहालले आन्तरिक छलफल गर्न २ बजेसम्मको लागि बैठक स्थगित गरिएको बताए।'बैठक सकारत्मक ढंगले अगाडि बढेको छ,' एमाओवादी अध्यक्ष दाहालले भने, 'दुई बजे बैठक बस्नुअघि दुई पक्षीय तथा आन्तरिक छलफल गर्नेछौं।'
दाहालले बैठकले अन्तिमरुप दिने बताए। विवादित विषयमा सहमति नै भइसकेको भन्नेबारे दाहालले केही खुलाएनन्। बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले नेता झलनाथ खनाललगायत शीर्ष नेताहरु सहभागी थिए।
त्यस्तै नेपाली कांग्रेसका उपसभापतिले बैठकमा संविधान जारी गर्ने मिति सार्ने प्रस्ताव आएको बताए। कसले प्रस्ताव गरेको भन्नेबारे उनले केही खुलाएन। तर मिति सार्ने पक्षमा आफूहरु नभएकले पौडेलले बताए। 'बैठकमा मिति सार्ने प्रस्ताव आएको छ,' उनले भने, 'तर हामी कुनै हालतमा मिति सार्ने पक्षमा छैनौं।'
उनले सहमति नजिक नजिक पुगेको बताए। केहीगरी सहमति नभए संविधान कार्यसञ्चालन नियमावलीको दफा ११ र १२ अनुसार अगाडि बढ्ने उनले बताए। दफा ११ मा सहमति गर्ने र १२ मा सहमति नभए प्रक्रयामा जाने उल्लेख छ।