नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको जिल्ला अध्यक्षमा दिनेश कार्की चयन भएका छन्। समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य एवं उपत्यका संयोजक सबिन शर्माको अध्यक्षतामा बुधबार सम्पन्न जिल्ला भेलाले दिनेश कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ।
नवगठित संगठनको उपाध्यक्षमा विजय चालिसे, महिला उपाध्यक्षमा नजिना भण्डारी, सचिवमा सुवास चौलागाईं, सहसचिवमा गणेश महर्जन र ज्ञानेन्द्र खाइजू र कोषाध्यक्षमा रचना बयलकोटी चयन भएका छन्। यस्तै, संगठनको सदस्यहरुमा मनोजकुमार फुयाल, मिकेश रानाभाट, श्रीकर पोखरेल, ज्योति बिक, रीता भट्टराई, जीवन तिमल्सिना, अनुषा थापा, रामहरी चौलागाईंलगायतका रहेका छन्। जिल्लाको मध्यपुर थिमिमा भएको भेलामा संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुबेदीले समितिको घोषणा गरेका थिए।
भेलाले संगठनको सल्लाहकारमा अग्रज एवं जेष्ठ पत्रकार प्रवीण जोशी, कृष्ण प्रधानलगायतकालाई चयन गरेको छ।