नेपालको सुरक्षा स्थितिमा राष्ट्रसंघको चासो
२९ पौष २०७१
•
६ मिनेट पाठ
नेपालको सुरक्षा स्थितिमा राष्ट्रसंघको चासो
काठमाडौं-संविधान निर्माणलाई लिएर एकीकृत नेकपा माओवादीलगायत ३० दलको मोर्चाले बन्द आह्वान गरेकै दिन काठमाडौं आइपुगेका संयुक्त राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले प्रधानसेनापति गौरवशमशेर जबरासँग राजनीतिक अस्थिरताले निम्त्याउने ‘थ्रेट' का विषयमा छलफल गरेका छन्।छलफलका क्रममा उनले राजनीतिक अन्योलको अवस्थामा सिर्जना हुने सुरक्षा चुनौती सामना गर्ने क्षमता नेपाली सेनामा रहे/नरहेको जानकारी प्रधानसेनापतिसँग लिएका छन्। ‘तोकिएको मितिमा संविधान जारी नहुने लगभग देखिएको छ। बन्द आह्वान भइरहेको छ। यस्तो अवस्थामा उत्पन्न हुने थ्रेटलाई सेनाले कसरी लिएको छ, राजनीतिक अन्योलका बीच आउन सक्ने सुरक्षा चुनौती सामना गर्न सेनाले कस्तो तयारी गरेको छ?' प्रधानसेनापति जबरासँग उपमहासचिव फेल्टम्यानले राखेको जिज्ञासा उद्वृत गर्दै उच्च सैनिक स्रोतले नागरिकसँग भन्यो। 
उपमहासचिव फेल्टम्यानले माघ ८ मा संविधान जारी नहुँदा आइपर्न सक्ने सुरक्षा चुनौती सामना गर्न सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरे/नगरेको विषयमा पनि जिज्ञासा राखेका थिए। उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग भइरहेको सुरक्षा समन्वयका विषयमा जिज्ञासा राखेका हुन्। प्रधानसेनापतिसँग उनले नेपालको पछिल्लो सुरक्षा अवस्थाबारे पनि बुझेका थिए। 
‘अहिलेको सुरक्षा अवस्थालाई तपाईंहरूले कसरी लिनु भएको छ? राजनीतिक थ्रेट कस्तो छ? सुरक्षा चुनौती तुरुन्त समाधान नभए के होला?' भेटमा उपमहासचिव फेल्टम्यानले जिज्ञासा राखेका थिए। 
प्रधानसेनापतिसँगको भेटमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले संक्रमणकालीन अवस्थामा सिर्जना गर्न सक्ने सुरक्षा चुनौतीका विषयमा पनि उनले जिज्ञासा राखेका थिए। उनले चन्द र वैद्य माओवादीप्रति सेनाको दृष्टिकोण पनि बुझ्ने प्रयास गरेका थिए। चन्द माओवादीले सशस्त्र आन्दोलन गर्ने सम्भावनाका विषयमा पनि उनको चासो थियो। 
प्रधानसेनापति जबराले भने संविधान मातहतमा रही देशमा आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न सेना तयार र सक्षम रहेको बताएका थिए। आवश्यक परेका बेला सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी सेनाले काम गर्दै आएको समेत उनले जानकारी दिए। भेटमा उपमहासचिव फेल्टम्यानले पूर्वमाओवादी लडाकुलाई सेनामा गरिएको समायोजन संसारकै लागि नमुना भएको समेत बताएका थिए। 
सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति जबरासँग भएको उक्त भेटमा विश्व शान्तिका लागि नेपालले पुर्या उँदै आएको बहुआयामिक योगदानका विषयमा समेत उनले छलफल गरेका थिए। फेल्टम्यानले द्वन्द्वग्रस्त मुलुकको संकट र राष्ट्रसंघलाई फौज तैनाथी अत्यावश्यक परेका बेला संयुक्त राष्ट्रसंघको अनुरोधमा यथाशीघ्र फौज खटाई शान्ति स्थापनामा नेपाली सेनाले पुर्यायएको योगदान उत्कृष्ट रहेको बताएका थिए। 
दुईदिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं आएकै दिन मंगलबार उपमहासचिव फेल्टम्यानले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए। नेताहरूसँगको भेटमा उनले नेपाल विश्वमै अद्वितीय उदाहरण बनेको बताए। उनले संविधान बने मात्र शान्ति र स्थायित्व कायम हुने समेत बताए। 
परराष्ट्रमन्त्री पाण्डेसँगको भेटमा उनले शान्ति तथा संविधानका विषयमा जिज्ञासा राखेका थिए। नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे बुझ्न आएका उनले राष्ट्रसंघ सधंै नेपालको शान्ति, स्थायित्व र प्रगतिको पक्षमा रहेको बताए। ‘तपार्इंहरूले विगतमा ठूलो प्रगति हासिल गरिसक्नुभएको छ। विश्वमै नेपाल एउटा उदाहरण त बनिसकेको छ, संविधान जारी भइदिए अझ राम्रो हुन्थ्यो,' उपमहासचिव फेल्टम्यानको भनाइ उद्वृत गर्दै परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेलले भने।
जवाफमा मन्त्री पाण्डेले संविधान निर्माणमा सहमतिको प्रयास भइरहेको बताएका थिए। संविधान जारी नभएसम्म स्थायित्व तथा विकासका मुद्दा पछि पर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले पनि जतिसक्दो छिटो संविधान जारी गर्ने दलहरु लागिरहेको जानकारी दिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस