काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानका विवादित विषयलाई जनमत संग्रहमा लैजान माग गरेका छन्। थापाले आज पत्रकार सम्मेलन गर्दै जनमत संग्रहबीना हुने कुनै पनि सहमतिलाई राप्रपा नेपालले नमान्ने बताए।
उनले भने 'जनमत संग्रहबीना हुने कुनै पनि सहमति हामी मान्दैनौ , अन्तरिम संविधान नियमावलीमा भएको विधि र प्रक्रिया अनुसार संविधानसभा अघि बढ्नु पर्छ।'
थापाले माघ ८ भित्र संविधान बन्ने सम्भावना समाप्त भएको समेत बताए। उनले माघ ८ मा संविधान नबन्नुको सम्पूर्ण दोष ४ दलका नेताले लिनु पर्ने भन्दै उनिहरुले आत्माआलोचना सहित त्यसको नैतिक जिम्मेवारी लिनु पर्नेमा जोड दिए। अध्यक्ष थापाले विवादित विषयलाई फागुन वा चैत्रमा जनमत संग्रहमा लैजाने र वैशाख वा जेठमा संविधान जारी गर्ने प्रस्ताव गरे।