सीमा सर्वेक्षण एक महिनापछि
३० पौष २०७१
•
७ मिनेट पाठ
सीमा सर्वेक्षण एक महिनापछि
काठमाडौं-नेपाल र भारतबीचको सीमा विवाद सुल्झाउन संयुक्त सर्वेक्षण टोलीले एक महिनापछि काम थाल्ने भएको छ। सुस्ता र कालापानी बाहेकको नेपाल–भारत सीमा क्षेत्रमा रहेको विवादलाई दीर्घकालीन रूपमा समाधान गर्न फेब्रुअरी दोस्रो साताबाट सर्वेक्षण टोली खटिने भएको हो।सात वर्षदेखि रोकिएको काम अघि बढाउन दुई देशका सर्वेक्षण टोली तीन समूहमा नेपाल–भारत सीमामा खटिनेछन्। ‘ दुवै देशको कार्यदलले फेब्रुअरी दोस्रो साताबाट सीमामा काम थाल्नेछन्,' नापी विभागका महानिर्देशक मधुसुदन अधिकारीले नागरिकसँग भने, ‘हामीसँग आधार नक्सा स्पष्ट छ, त्यसैका आधारमा दुवै देशले काम अघि बढाउने हो।' 
गत साता भारतको देहरादुनमा भएको नेपाल–भारत सर्भे अफिसियल्स कमिटी (एसओसी) को बैठकले तीनवटा सर्वेक्षण टोली सीमामा पठाएर ‘फिल्ड वर्क' सुरु गर्ने निर्णय गरेको थियो। सोही आधारमा दुवै देशले सीमामा सर्वेक्षण टोली पठाउने गृहकार्य भएको हो। ‘फेब्रुअरी पहिलो साता दुवै देशका स्थलगत सर्वेक्षण टोलीको बैठक (प्रमुख जिल्ला अधिकारी तह) बस्छ। त्यसपछि दोस्रो साताबाट काम अघि बढ्छ,' उनले भने। 
विभागका अनुसार तीनवटा टोलीमा नेपालका तर्फबाट ७० जना रहनेछन्, जसमा ३० जना सर्भेयर हुनेछन्। पहिलो टोलीले सुनसरी–ताप्लेजुङ, दोस्रोले चितवन–सुनसरी र तेस्रोले नवलपरासी–पश्चिम दार्चुलासम्म स्थलगत अध्ययन गरी सीमास्तम्भ गाड्नेछन्। तीनवटै टोलीले एकै दिन काम थाल्ने तयारी छ। 
महानिर्देशक अधिकारीका अनुसार ‘स्ट्रिप नक्सा' का आधारमा सीमा विवाद सुल्झाई सीभास्तम्भ राखिनेछ। सीमा विवाद सुल्झाउन सन् १९८० मा नेपाल र भारतले ‘संयुक्त प्राविधिक कमिटी' (जेटिसी) गठन गरेका थिए। जेटिसीले नै स्ट्रिप नक्सा तयार पारेको थियो। सन् २००७ पछि जेटिसीले कुनै पनि कार्य अघि बढाउन सकेको थिएन। सन् २०१४ मा नेपाल–भारत संयुक्त आयोग (विदेशमन्त्री स्तरीय) को काठमाडौंमा सम्पन्न बैठकले सीमा विवाद मिलाउन ‘बाउन्ड्री वर्किङ ग्रुप' (बिडब्लुजी) गठन गरी काम अघि बढाउने निर्णय गरेको थियो। बिडब्लुजीमा दुवै देशका नापी विभाग प्रमुख (महानिर्देशक) संयोजक रहने प्रावधान छ। 
सन् १८१६ पछि बेलायतले विभिन्न समयमा कोरेको नक्सा र सुगौली सन्धिपछि इस्ट इन्डिया कम्पनी तथा भारतसँग विभिन्न समयमा भएका सन्धि–सम्झौताका आधारमा ‘स्ट्रिप नक्सा' तयार पारिएको थियो। ‘बेलायतले कोरेको नक्सा, भारतसँग पछि भएका सम्झौता (नयाँ मुलुक फिर्ता लगायत) लाई आधार मानेर सन् १९९२ बाट स्ट्रिप नक्सा बनाउन सुरु गरिएको थियो। यो सन् २००७ सम्म चल्यो,' महानिर्देशक अधिकारीले जानकारी दिए। 
स्ट्रिप नक्सामा नेपाल–भारत सीमा रेखाको दुवैतर्फ पाँच–पाँच सय मिटरभित्रको अवस्था के कस्तो छ खुलाइएको छ। जेटिसीले स्ट्रिप नक्सा बनाउँदा नेपाल–भारत सीमामा कहाँ कहाँ पिल्लर राख्ने भन्ने निर्णय गरेको थियो। जेटिसीले सुस्ता र कालापानी बाहेकको नेपाल–भारत सीमामा ८ हजार ५ सय ५३ वटा पिल्लर राख्ने निर्क्योल गरेको थियो। ‘जेटिसीले ६ हजार जति पिल्लर सीमामा बनाएको देखिन्छ, तर अहिले स्थलगत सर्वेक्षण गर्दा अझै पनि ३ हजारभन्दा बढी पिल्लर बनाउनुपर्ने देखिन्छ,' महानिर्देशक अधिकारीले भने, ‘बनेका पिल्लरहरू कति हराएका छन्, कतिलाई खोलाले बगाएको छ।' 
महानिर्देशक अधिकारीका अनुसार सर्वेक्षण टोलीले चार चरणमा काम गर्नेछन्। पहिलो चरणमा सीमा पिल्लर निरीक्षण गरेर पिल्लर ठाउँमा छ/छैन, अवस्था कस्तो छ, नयाँ राख्दा कति खर्च लाग्छ भन्ने विषयमा विवरण तयार पार्नेछ। 
दोस्रो चरणमा सीमामा भत्केको पिल्लर बनाउने तथा नयाँ गाड्ने कार्य गरिनेछ। यो चरणमा सीमामा चार थरी (मुख्य, सहायक, सामान्य र साक्षी) पिल्लर राखिने छ। नेपाल–भारत सीमा (१ हजार ८ सय ८० किलोमिटर) मा प्रत्येक दुई किलोमिटरमा मुख्य सीमा पिल्लर गाडिनेछ। सीमामा रहेको घुम्ती स्थानमा सहायक तथा सामान्य पिल्लर राखिनेछ। यस्तै खोला तथा नदी रहेको स्थानमा साक्षी पिल्लर राखिन्छ। 
तेस्रो चरणमा, दसगजाको अवस्था निरीक्षण गरिनेछ। सीमा रेखाको नेपाल र भारततर्फको १०–१० जमिनलाई दसगजा (नो म्यान्स ल्यान्ड) भनिन्छ। दसगजाभित्रको जमिन स्थानीयबाट अतिक्रमण भएको छ/छैन, अतिक्रमण भए जग्गाको प्रमाणपत्र छ छैन भन्ने विषयमा तेस्रो चरणमा अध्ययन गरिनेछ। 
चौथो चरणमा जिपिएस प्रविधिबाट सीमामा राखिएका पिल्लरको अक्षांश तथा देशान्तर (अवस्थिति) निकाल्ने काम गरिनेछ। अक्षांश र देशान्तर निकालेपछि कुनै बेला ती पिल्लर हराए भने पनि सहज रूपमा स्थान पहिचान गरी पिल्लर फेरि राख्न सकिनेछ। यी सबै कार्य ३ वर्षमा सक्ने योजना बनाएको महानिर्देशक अधिकारीले जानकारी दिए।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस