सत्ता गठबन्धनमा चुनाव विवाद: पहिला स्थानीय कि संघीय
०७ माघ २०७८
•
४ मिनेट पाठ
सत्ता गठबन्धनमा चुनाव विवाद: पहिला स्थानीय कि संघीय
स्थानीय तहको निर्वाचनबारे सहमति खोज्न बिहीबार बस्ने भनिएको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणका साथै गठबन्धनका शीर्ष नेताहरूको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो। बैठक बिहीबार अपराह्न ४ बजेका लागि बोलाइएको थियो।




निर्वाचन आयोगले वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै सरकार र राजनीतिक दललाई मिति घोषणा गर्न दबाब दिइरहेको छ। गठबन्धनका दलभित्र सहमति जुटाएर निर्वाचनको मिति घोषणा गर्न मंगलबार उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाइएको थियो। बैठकमा संविधान र स्थानीय निर्वाचन ऐनमा गरिएको व्यवस्था एकआपसमा मेल नखाने भन्दै सहभागी नेताहरूले त्यस विषयमा स्पष्ट हुनुपर्ने धारणा राखेका थिए। 

पार्टीभित्र पनि छलफल गर्ने र निर्वाचन आयोगसहितका सरोकारवाला निकायससँग छलफल गरेर निर्वाचनको मिति घोषणाका लागि सत्ता गठबन्धनले सरकारलाई सिफारिस गर्ने सहमति भएको थियो। तर निर्वाचनको मितिका विषयमा सहमति जुटाउन बाँकी रहेका कारण गठबन्धनको बिहीबारको बैठक नै स्थगित भएको स्रोतको दाबी छ।

संविधानमा स्थानीय तह पदाधिकारीको कार्यकाल पाँच वर्ष हुने र कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ भने ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै चुनाव गर्नुपर्ने व्यवस्था छ। ऐनको व्यवस्थाअनुसार चैत ५ गतेभित्र नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ भने संविधानको धारा २२५ लाई आधार बनाउँदा जेठ ५ गतेदेखि ६ महिनाभित्र निर्वाचन गर्न सकिनेछ। जेठ ५ गते स्थानीय तहको पाँचवर्षे कार्यकाल सकिने व्यवस्था छ।

सहमति खोज्नकै लागि बिहीबार साँझ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ। उनीहरूबीच शुक्रबार ४ बजे सत्ता गठबन्धनको बैठक गर्ने समझदारी भएको छ। स्थानीय तहको निर्वाचन पहिला गर्ने कि संघ र प्रदेशको निर्वाचन पहिला गर्ने भन्नेमा उनीहरूबीच छलफल भएको छ। माओवादी र समाजवादीले पहिला संघको निर्वाचन गरेर त्यसपछि स्थानीय तहको निर्वाचन गर्नुपर्ने अडान राखेका छन्। तर कांग्रेस त्यसको विपक्षमा रहेको स्रोतको दाबी छ।

पाँच वर्ष कार्यकाल तोकिएको प्रनिनिधिसभाको निर्वाचन वैशाखमा वा मंसिरअघि गर्न फेरि प्रतिनिधिसभा विघटन गर्नुपर्ने हुन्छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाविपरीत संसद् विघटन गरेको भन्दै सर्वोच्च अदालतबाट दुईपटक प्रतिनिधिसभा पुनःस्थापना भएको छ। दोस्रो पटक पुनःस्थापना भएको प्रतिनिधिसभा अहिले विद्यमान छ। सर्वोच्च अदालतको आदेशअनुसार देउवा नेतृत्वको सरकार गत असार २९ गते गठन भएको हो।  

विगतमा तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा भंग गरेर १७ र २७ वैशाखमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका थिए। त्यसपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिगमन भन्दै सडक आन्दोलन गरेका थिए। सर्वोच्चले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो। फेरि जेठमा संसद् विघटन गरेर ओलीले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणा गरेका थिए। 

तर देउवा, दाहाल, नेपालसहितका १ सय ४६ सांसद प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च पुगेका थिए। असार २८ गते संसद् दोस्रो पटक पुनःस्थापना भएको थियो। तर अहिले सत्तामा रहेका दलहरू दलीय स्वार्थका लागि फेरि संसद् विघटन गरेर अर्ली इलेक्सनको विषयमा प्रवेश गरेका छन्।

एमालेले संसद् बैठक चल्न नदिएको अवस्थामा अब पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने दाहाल र नेपालको प्रस्ताव छ। प्रधानमन्त्री देउवाले आफू निर्वाचनका लागि सधैं तयार रहे पनि संविधानविपरीत चुनावमा जान नहुने धारणा राखेका थिए। त्यसपछि दाहाल र नेपालले तीनै तहको निर्वाचन एकैसाथ गर्न प्रस्ताव गरेको स्रोतको दाबी छ। एकैसाथ निर्वाचन गर्दा मुलुक र राजनीतिक दललाई पनि आर्थिक भार कम पर्ने भन्दै उनीहरूले संविधानको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन केही पर धकल्ने र प्रदेश तथा केन्द्रको निर्वाचन केही अघि तान्नुपर्ने प्रस्ताव गरेको स्रोतको दाबी छ। 

संविधानले स्थानीय तहको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनेकाले वैशाखमा नभएर असारमा स्थानीय तहको निर्वाचन गर्ने र कात्तिक मंसिरमा गर्नुपर्ने संघ र प्रदेशको निर्वाचन पनि सोही समयमा तान्ने विषयमा पनि छलफल भएको छ। नयाँ संसद्को कार्यकाल मंसिरबाटै सुरु गर्नेगरी अघि बढ्न सकिनेसहितका विभिन्न विकल्पमा छलफल भएको भन्दै स्रोतले थप्यो, ‘निर्वाचनमा जाने कुरामा सहमति छ। तीनै तहको निर्वाचन एकै पटक गर्नेमा सहमति जुट्न पनि सक्छ। भोलि (शुक्रबार) अन्य नेताहरूको धारणासहित एउटा निष्कर्षमा पुग्छौं।’

पुनःस्थापित संसद्मा अवरोध गरेर प्रमुख प्रतिपक्षी एमाले यसको औचित्य नभएको पुष्टि गर्न लागि परेको छ। एमाले प्रतिनिधिसभाको निर्वाचनको पक्षमै देखिएको छ। माओवादी केन्द्रसहितका दल पहिला प्रतिनिधिसभा र त्यसपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा छन्। तर नेपाली कांग्रेस भने पहिला स्थानीय तहको निर्वाचन गरेर त्यसपछि प्रदेश र संघको निर्वाचनको पक्षमा छ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन्। ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना गरेको छैन। निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ’, उनले ट्विट गरेका छन्, ‘कांग्रेस प्रस्ट छ,असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ।’
अर्को समाचार
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
१३ मिनेट अघि
•
१ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
पोखराका चर्चित र्‍यापर जेम्सी (नोबल बस्नेत) राजनीतिमा प्रवेश गरेका छन्। 




उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने बताएका छन्। उनले आफू वडा अध्यक्ष नभई ३३ वटै वडाको नेतृत्व गर्न चाहेको बताए।

‘म वडा अध्यक्ष त गर्दिनँ। म ३३ वटै वडाको लिडर हुन चाहन्छु। म मेयरकै लागि उम्मेदवारी दिन आएको हुँ,’ उनले भने।

उनले आफ्नो राजनीति पद र प्रतिष्ठाका लागि नभई जनताको सेवा र समाज परिवर्तनका लागि भएको बताए। पेशाले र्‍यापर भए पनि आफ्नो माइकलाई मनोरन्जनको माध्यममा मात्र सीमित नराखी समाजको आवाज बनाउन चाहेको उनको भनाइ छ।

‘र्‍यापरको माइक मनोरन्जनको माध्यम मात्र होइन, समाजको आवाज पनि हो। यसले अन्यायविरुद्ध बोल्न र चेतना जगाउन सक्छ,’ उनले भने।

जेम्सीले युवाहरू देशको भविष्य मात्र नभई वर्तमानका नेतृत्वकर्ता पनि भएको बताए। युवाहरू राजनीतिमा सक्रिय हुनुपर्ने भन्दै आफू पनि उमेर छँदै राजनीतिमा आएको उनले स्पष्ट पारे।

जनता समाजवादी पार्टी रोज्नुको कारणबारे उनले पार्टीको सिद्धान्त मन परेको बताए। मधेसको हितका लागि पार्टीले गरेको संघर्ष र पोखराका जनताको हितका लागि आफूले चाहेको परिवर्तनबीच समानता देखेकाले पार्टीमा आबद्ध भएको उनको भनाइ छ।

उनले आफ्नो पार्टी प्रवेशले पोखराको राजनीतिप्रति देशभरका मानिसको चासो बढ्ने विश्वास व्यक्त गरेका छन्। चुनाव जित्नु मात्र आफ्नो उद्देश्य नभएको बताउँदै उनले युवालाई राजनीतिप्रति आकर्षित गर्न पनि आफूले यो कदम चालेको बताए।
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस