जसपा–जनमत पार्टीबीच तिक्तता बढ्दै
०९ माघ २०७८
•
४ मिनेट पाठ
जसपा–जनमत पार्टीबीच तिक्तता बढ्दै
माघ ५ गते मधेस प्रदेशको रौतहट जिल्लामा मधेस बलिदानी दिवस कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेतृ एवं भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव प्रमुख वक्ता थिइन्। कार्यक्रम सम्बोधन गर्न जानेक्रममा यादवलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले लाठीसहित आक्रमण गर्न खोज्दा सुरक्षाकर्मीले हस्तक्षेप गरी जोगाएका थिए।  




मन्त्री यादवले सिके राउतलाई सचेत गराउँदै दिएको प्रतिक्रिया अहिले विवादित बनेको छ। उनले भनेकी छिन्, ‘लाठी देखाएर डराउने प्रयास गर्नेले लाठी भाँच्न पोख्तको ताकतलाई नजरअन्दाज नगरोस्। यो रौतहटको गौर मधेस विद्रोहको किल्ला हो,’ उनले भनेकी छिन्, ‘यहाँको राइसमिल गौर नरसंहारको साक्षी छ । तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भएको थियो त्यही हालत हुन्छ।’ मन्त्री यादवले भाषणमा पटकपटक राइस मिलको घटना दोहोर्‍याउने धम्की दिइन्। उनले सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई मधेसमा फट्टा प्रदर्शन नगर्न पटकपटक चेनावनी दिइन्।

मन्त्री यादवले उल्लेख गरेको राइस मिलमा ०६३ चैत ७ गते तत्कालीन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या भएको थियो। २७ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको थियो। मन्त्री यादवले सत्ताको दम्भमा किसानमाथि दमन गर्न खोजेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जिकिर गरेका छन्। सत्ताको दम्भमा किसान आन्दोलनलाई दमन गर्ने नाममा नरसंहार मच्चाउन प्रपञ्च भैरहेको उनको भनाइ छ। मन्त्री जस्तो व्यक्तिले हिंसा भड्काउने गरी अभिव्यक्ति दिएकोप्रति मधेस प्रदेशसभाका सदस्यहरूले समेत अपत्ति जनाएका छन्।  

यसैबीच, जसपा नेपालका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति निकाल्दै बलिदानी दिवसको कार्यक्रमलाई अवरोध गरेर जनमत पार्टीले उदण्डता प्रदर्शन गरेको जनाएको छ। जनता समाजवादी पार्टीको कार्यक्रम र यसका कुनै नेता कार्यकर्ताविरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उपरान्त नगर्न अधिकारीले विज्ञप्तिमार्फत जनमतलाई सचेत गराएको छ।  

जनता समाजवादी पार्टी र जनमत पार्टी अहिले मधेसमा मुठभेडको स्थितिमा छन्। जनता समाजवादी पार्टी मधेस प्रदेशको सरकारको नेतृत्व गरिरहेको छ । जनमत पार्टी भने सरकार र जसपाको विरोधमा उग्र प्रदर्शन जारी राखेको छ। जनमत पार्टीले मधेसमा जसपालाई तारो बनाउँदै आफ्ना कार्याक्रम अगाडि बढाइरहेको जसपा नेताहरूको भनाइ छ । जसले मुठभेडको जोखिम बढाएको छ।

मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि असोज १३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएलगत्तै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतको विरोधमा जनकपुरधाममा उग्र प्रदर्शन सुरु गर्‍यो । अख्तियारको बर्दिवास कार्यालयम पुगेरसमेत जनमतका कार्यकर्ताले प्रदर्शन गरेका थिए।

मूलधारको राजनीतिमा अवतरित भएपछि जनमत पार्टी सुषुप्त रूपमा बसेको थियो। जनमतका कार्यकर्ताले विभिन्न पालिकामा भएको भ्रष्टाचारको मुद्दा छिटफुट रूपमा उठाउँदै आएका थिए। तर अख्तियारले प्रदेश सरकारको मुख्यालयमा छापा मारेपछि जनमत पार्टी प्रदेशका विभिन्न जिल्लामा आफ्नो उपस्थिति देखाउन गराउन मधेस सरकार र जसपाविरुद्ध लागिपरेको छ।

पछिल्लो समय मधेसमा सबैभन्दा पिरोलिएका किसान हुन् । मलखाद, बिउ, सिँचाइ समस्या र भ्रष्टाचारले मधेस आक्रान्त छ। सिके राउत मधेसका यी मूल मुद्दा समातेर राजनीतिक प्रभाव जमाउन खोज्दैछ । उनको प्रस्तुति अहिले अराजक बन्दै गएको देखिन्छ । मधेसमा किसानका मुद्दा ओझेल परिरहेका बेला सिके राउत त्यसलाई उचालेर भावनात्मक सम्बन्ध प्रगाढ बनाउन खोजेको मधेसका बुद्धिजीबवीहरू बताउँछन्।

यसभन्दा पहिला जनमत भ्रष्टाचारविरोधी मुद्दा उचालेर मधेसमा आफ्नो उपस्थिति जनाउने प्रयत्नमा जुटेका जनमत पार्टी अहिले किसानका मुद्दा उचालेर राजनीतिक प्रभाव जमाउन खोज्दैछ । भ्रष्टाचार र किसानका मुद्दालाई प्राथमिकतामा राखेर राजनीतिमा आउने जो कसैले मधेसमा पकड बनाउन सक्ने अवस्थालाई सिके राउतले मूल मुद्दा बनाएका छन्।

भ्रष्टाचार र उदासीनताको पीडाले निस्सासिएका मधेसी जनता यसबाट पार पाउन सुशासनप्रति दृढ लिडरको खोजीमा छन्। भ्रष्टाचार, अनियमितताप्रति कठोर र अनुदार चेहरातिरै मधेसी जनताको रुझान हुने देखिन्छ। बोलीमा सुशासन तर काममा अनियमितता गर्ने चेहरा बिस्तारै मधेसी जनताको सामु उदांगिइसकेका छन्। अब मधेसमा राजनीतिक फाइदा लिन कुनै पनि राजनीतिक दललाई सजिलो नहुने मधेस मामिलाका जानकार राजनिकान्त झा बताउँछन्।

सिको राउत नेतृत्वको जनमत पार्टीले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी भनेको छ, ‘नेपाल सरकारले आपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ।’ मन्त्री यादवले गौर घटना जसपाले घटाएको स्वीकार गरेको भन्दै उक्त अभिव्यक्ति चरम आपराधिक रहेको र किसान आन्दोलन तथा आम जनताको विरुद्धमा रहेको जनमत पार्टीको निष्कर्ष रहेको पनि विज्ञप्तिमा भनिएको छ।

मन्त्री यादवले आफूले राउतलाई मारिदिने वा गौर नरसंहार जस्तै नरसंहार मच्चाउने धम्की दिने कुनै शब्द नै प्रयोग नगरेको बताइन्। जनमतका कार्यकर्ताहरूले हाम्रा कार्यकर्ताका मोटरसाइकल तोडफोड गरेका थिए। हामीले आयोजना गरेको बलिदानी दिवसको कार्यक्रममा अवरोध गरेका थिए । मैले उनको वा उनका कार्यकर्ताको हत्या गर्ने भनेर कहीँ पनि भनेकै छैन उनले भनिन्, ‘हिंसात्मक राजनीति गर्न चाहँदैनौं भनेर आफूले भनेकी हुँ।’
अर्को समाचार
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
७ मिनेट अघि
•
१ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।




राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।

सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए। 
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस