काठमाडौं– बन्द कति बजे सकिने भन्ने विषयमा आयोजकहरुबीच मतभिन्नता देखिएको छ। एमाओवादी बन्दलाई ४ बजेसम्म पुर्याभउने पक्षमा देखिएको छ भने अन्य दलहरु ३ बजे नै बन्द फिर्ता लिनुपर्ने पक्षमा देखिएका छन्।
'बन्द ४ बजेसम्मलाई हो', एमाओवादी प्रवक्ता दीननाथ शर्मा नागरिकन्युजसँग भने, 'अरु कुरा गलत हुन्।'बन्द आयोजकमध्येको अर्को घटक खुम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार खुम्बुले भने बन्द ३ बजे फिर्ता हुने जानकारी दिए। तामाङ समुदायको आग्रहमा ३ बजे बन्द फिर्ता गर्ने निर्णय भएको उनले जानकारी दिए। 'हामीले २ बजेबाटै बन्द फिर्ता गर्ने भनेका थियौं,' उनले भने, 'कोण सभा गरेरमात्र बन्द फुकुवा गर्ने भनेपछि बन्द ३ बजेसम्का लागि सारिएको हो।'
बुधबार हुने सोनाम लोसारको लागि बन्दकर्तासँग बन्द फिर्ता लिन आग्रह गरिएको उनले बताए।