काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सहमति भाँड्न प्रधानमन्त्री सुशील कोइराला नै सक्रिय बनेको आरोप लगाएका छन्। त्यस्तै, मंगलबार बिहान आफ्नो नेतृत्वको मोर्चाका सभासदले गरेको तोडफोड र भिडन्त नियोजित नभएको बताएका छन्।नयाँ बानेश्वरस्थित एक होटलमा बुधबार बिहान गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले तीन ओटा विषयमा सहमति भइसकेको बताए। उनले भने, ‘निर्वाचन प्रणाली, न्याय प्रणाली र नागरिकताको विषयमा सहमति भैसकेको थियो। तर, भएको सहमति भाँड्न प्रधानमन्त्रीसहितका सत्तारुढ दल लागे।’
दाहालले शासकीय स्वरुपमा ‘रिजर्भेसन’ राख्दै संघीयतामा सहमति गर्ने क्रममा रहेको जानकारी दिए। त्यसमा कुरा मिल्न बाँकी रहेको र त्यसका लागि ७ गतेसम्मको समय माग्दा सत्ता पक्षले प्रक्रियामा जानुपर्ने बताएपछि मुठभेड बढेको आरोप लगाए।
त्यस्तै, मंगलबार संसदमा भएको घटना दुखद भएको भन्दै उनले भने, ‘त्यो घटना नियोजित रुपमा गरिएको होइन। हामी संविधानसभा अवरुद्ध गर्ने मात्र योजनामा थियौं। तर, प्रक्रियामा जान थालेपछि आक्रोषित सभासदले उक्त घटना घटाएका हुन्।’ उनले आफूहरुले लुकिछिपि सदन अवरुद्ध नगरेको समेत बताए।
अध्यक्ष दाहालले संविधानसभामा बहुमत र अल्पमत नहुने बताए। उनले भने 'विश्वको इतिहास हेर्दा संविधानसभामा बहुमत र अल्पमत भएको थाहा छैन, संविधानस सहमतिमै जारी हुनु पर्छ।' प्रक्रियामा जाँदा संविधान जारी गर्न ४ महिना लाग्ने बताउँदै दाहालले सत्ता पक्ष सहज विधि सहमति नै भएकोमा जोड दिए। 'यो हतारोले ८ गते संविधान आउने पनि होइन' दाहालले भने 'यसले त झन् प्रकिया लम्बिन्छ।'
दाहालले केही नेताहरु कुनै पनि हालतमा सहमति हुन नदिने लविङमा लाग्ने गरेको बताए। उनिहरुको नाम अहिले नबताउने भन्दै संञ्चारकर्मीलाई पत्ता लगाउन आग्रह गरे। केही नेता यस्ता छन् सहमति हुन लागे जसरी पनि भाँड्न लाग्नछन् दाहालको भनाई थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भएको भेटमा उहाँ सकारात्मक देखिए पनि पछि कुरा विग्रेको दाहालले बताए।
पहिलो संविधानसभामा आफूहरु बहुमतमा हुँदा हुँदै पनि कांग्रेस, एमालेलाई बाहिर राखेर संविधान बनाउनुहुँदैन भनेर अन्तिम सम्म सहमतिको प्रयास गरेको बताए। हिजोका समझदारी प्रति जिम्मेबार नहुने हो भने जनतालाई धोका हुने दाहालले बताए। बन्दको क्रममा मिडियामा भएको आक्रमण प्रति दाहालले दुख ब्यक्त गरे।
पत्रकार सम्मेलनमा एमाओवादी बरिष्ठ नेता बाबुराम भट्टराईले सम्बादको ढोका खुला रहेको बताए। एमाले कांग्रेसमा पछिल्लो क्रममा अनुदारवादी नेतृत्व हावि भएकोले सहमतिमा समस्या भएको उनको भनाई थियो। पेलेरै जानुपर्छ भन्ने धारणाले देशको हिन नगर्ने उनले बताए। संविधानसभामा भएको तोडफोडले मुल विषय ओझेलमा परेको बताउँदै भट्टराईले तोडफोड हुनु दुखद भएको बताए। उनले आफूहरु कमजोरी सच्याउन सजग भएको बताए। भट्टराईले विगतका सहमतिको आधारमा संविधान जारी हुनु पर्ने दोहोर्याए।
हामी माघ ८ मै संविधान जारी गर्न चाहन्थ्यौ तर एमाओवादीले दिएन भन्दै सहमतिको बाटो छोडेर ४ महिना लाग्ने बाटोमा जान खोज्नु सत्ता पक्षको गलत निर्णय भएको भट्टराईको भनाई छ।