प्रतिकार गर्ने ३० दलको निर्णय
०७ माघ २०७१
•
३ मिनेट पाठ
प्रतिकार गर्ने ३० दलको निर्णय
काठमाडौं–प्रक्रियाको विरोध गर्दै सहमतिबाट संविधान जारी गर्न दवाब दिँदै आएको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जबर्जस्ती गरे प्रतिकार गर्ने निर्णय गरेको छ। बुधवार बसेको ३० दलीय मोर्चाको बैठकले बिहीवारसम्म आन्दोलन जारी राख्ने निर्णय गर्दै बिहीवार बस्ने संविधानसभा बैठकमा प्रश्नावली समिति बनाउने खोजे जसरी पनि रोक्ने निर्णय गरेको छ।'भोली बस्ने संविधानसभा बैठकमा जवर्जस्ती प्रश्नावली समिति बनाउने निर्णय गरे जसरी पनि त्यसलाई रोक्ने निर्णय भएको छ,' बैठकमा सहभागी दल राष्ट्रिय खुम्वुवान पार्टीका सभासद आरके खुम्बुले भने,'प्रश्नावली समिति निर्माण भए संविधानसभा प्रक्रियमा जान्छ त्यसैले कुनै पनि हालतमा प्रक्रियामा जान नदिने निर्णय भएको छ ।'

बैठकले बिहीवार मुलुभरका जिल्ला प्रशासन कार्यलयमा धर्ना दिने, राजधानीमा माइतघरमण्डलाबाट ११ बजे निस्कने जुलुसले संविधानसभा घेराउ गर्ने निर्णय गरेको छ ।

बिहीवार बस्ने संविधानसभाको बैठकमा सत्तापक्ष जसरी प्रस्तुत हुन्छ आफूहरु पनि त्यसैगरी प्रस्तुत हुने निर्णय भएको थरुहट तराइ पार्टीका नेता गोपाल दहितले जानकारी दिए । 'सत्तापक्षको प्रस्तुतीमा विपक्षीको रणनीति तय हुन्छ,' उनले भने ।

सभाध्यक्षले प्रश्नावली समिति बनाउने प्रस्ताव पेश गर्न समय दिए भने जसरी पनि त्यसलाई रोक्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिएको एक नेताले जनाए । उनका अनुसार कुनै पनि हालतमा संविधानसभालाई प्रक्रियामा लैजान नदिने र त्यसकालागि जस्तो सुकै व्यवहार गर्नुपरेपनि पछि नहट्न दाहालले निर्देशन दिएको ती नेतोले जनाए ।

बैठकले सत्तापक्षले पनि जसरी पनि माघ ८ मा संविधान जारी नगर्ने रणनीति लिएका कारण सहमति बन्न नसकेको निष्कर्ष निकाल्दै माघ ८ पछि सहमति हुन बैठमा एमाओवादी अध्यक्ष दाहालले विष्लेषण सुनाएको एक नेताले जनाए। 'माघ ८ मा संविधान ल्याउन कांग्रेस–एमाले पनि चाँहदैन थिए,' दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने,'जसरी पनि माघ ८ टार्ने उनीहरुको पनि योजना थियो। त्यसपछि भने सहमतिको पहल गर्नुपर्छ ।'
अर्को समाचार
अधिकार र पहिचानविहीन संविधान बने मोर्चाले सशक्त प्रतिकार गर्ने
२७ पौष २०७१
•
१ मिनेट पाठ
अधिकार र पहिचानविहीन संविधान बने मोर्चाले सशक्त प्रतिकार गर्ने
काठमाडौं- एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले अधिकार र पहिचानविहीन संविधान निर्माण गरे सशक्त प्रतिकार गर्ने निर्णय गरेको छ। सिंहदरवारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा भएको बैठकमा कांग्रेस-एमालेले सेना, प्रहरी, कमान्डो र कर्मचारी परिचालन गरेर संविधान जारी गर्ने रणनीति बनाएको भन्दै कडा प्रतिकार गर्ने निष्कर्ष निकालेको राष्ट्रिय जनमुक्ति पार्टीका सभासद् शिवलाल थापाले जानकारी दिए।मोर्चाले घोषणा गरेको आन्दोलनलाई पनि सशक्तरुपमा अगाडि बढाउने निर्णय गरेको छ। मोर्चाले आजदेखि सशक्त आन्दोलनको घोषणा गरेको थियो।

बैठकमा मोर्चाका संयोजक पुष्पकमल दाहाललले प्रधानमन्त्री र ओलीको प्रस्तुती हेर्दा सहमतिको सम्भावना नरहेको बताए। 'प्रधानमन्त्री र केपीजीको प्रस्तुती हेर्दा सहमतिको सम्भावना देखिएन,' दाहालको भनाई उद्धृत गर्दै थापाले भने, 'सहमतिको सम्भावना नदेखेरै हामीले सशक्ति प्रतिकार गर्ने निर्णय गरेका हौं।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस