वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई काम गर्न नदिई गैरकानूनी रुपमा स्वास्थ्य मन्त्रालयबाट कर्मचारी पठाउने सरकारको निर्णयप्रति नेकपा एमालेले विरोध जनाएको छ।
एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंग एभेङ र सचिव सुदेश चापगाईले प्रेस विज्ञप्ती जारी गर्दै पदाधिकारीलाई ऐन बमोजिम कारबाही गर्ने प्रक्रियाबीचमै छोडेर ऐनमा नभएको अधिकार प्रयोग गरि मन्त्रालयको कर्मचारी पठाउने निर्णय गैरकानूनी र निन्दनीय भएको बताएका छन्। एमालेले यो गैरकानूनी र गलत निर्णय तत्काल सच्याउन पनि सरकारसँग माग गरेको छ।
‘गठबन्धन सरकारलाई कर्मचारी पठाउने निर्णय तत्काल फिर्ता गरी प्रतिष्ठानलाई ऐन, नियमावली अनुरुप निर्वाध सञ्चालन हुने वातावरण निर्माण गर्न अनुरोध गर्दै सरकारले जबर्जस्ती गैरकानूनी निर्णय लाद्न खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम सरकारले लिनुपर्नेबारे ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ।
नेकपा एमाले धरान प्रतिष्ठानको शुद्धिकरण आन्दोलनप्रति सुरुदेखि नै विपक्षमा थियो। आन्दोलन प्रतिष्ठानको दीर्घकालीन विकास र समृद्धिभन्दा पनि आग्रहपूर्वक पदाधिकारीविरुद्धमा मात्र भएको एमालेको भनाइ छ। शुद्धिकरणको नामबाट सुरु भएको आन्दोलन पदाधिकारी हटाउन केन्द्रित बनेपछि प्रतिष्ठान अन्योलग्रस्त बनेको र वर्तमान सरकारको गैरकानूनी निर्णयले झन् अन्योल र अस्तव्यस्त बनाउने निश्चित भएको एमालेको विज्ञप्तीमा उल्लेख छ।
प्रतिष्ठानको पदाधिकारीलाई काम गर्न रोक लगाउँदै सरकारले मन्त्रालयबाट डा.श्यामसुन्दर यादवलाई अस्पताल र दैनिक प्रशासनिक काम गर्ने अधिकार दिएर पठाएको छ भने आर्थिक प्रशासन हेर्न कोष तथा महालेखाबाट कर्मचारी पठाएको छ। सरकारको निर्णय प्रतिष्ठानको ऐन र नियमावली विपरित भएको भन्दै प्रतिष्ठानको कर्मचारी, चिकित्सक समाजले समेत असन्तुष्टी जनाएको छ।