काठमाडौं- संविधानसभा कक्षमा विपक्षी दल बस्ने ठाउँको माइकहरु निकालिएको छ। गत मंगलबार बिहान विपक्षी दलका सभासद्हरुले कुर्सी र माइक तोडफोड गरेपछि सुरक्षाका लागि भन्दै माइकहरु निकालिएको संविधानसभा कक्षबाट एक सभासद्ले नागरिकन्युजलाई बताए।
संविधानसभा कक्षमै १० पोका खुर्सानीको धुलो भेटिएपछि सभासद्हरुलाई पनि कडा चेकिङ गरिएको छ। अहिले संविधानसभामा सभासद्हरु लामबद्ध भएर चेकिङ गराइरहेका छन्। उनीहरुको जुत्तासमेत खोलेर चेकिङ भइरहेको छ। सुरक्षालाई मध्यनगर गर्दै अन्य मानिसलाई संविधानसभा भवनमा प्रवेशका निम्ति बन्देज लगाइएको छ। नयाँ बानेश्वर आसपास ठूलो संख्यामा सशस्त्र, नेपाल प्रहरी र सेना परिचालन गरिएको छ।
संविधानभसा बैठक आज ११ बजेका लागि डाकिए पनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन। संविधान जारी हुने आज अन्तिम मिति हो।