राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुल्लातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले बताए।
खुल्लातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कुल ५२ मध्ये ३९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १३ मत पाए। स्थानीय तहतर्फ कुल १७५ मध्ये मिश्रले १०४ मत र ६९ भट्टले मत प्राप्त गरेका छन्। स्थानीय तहतर्फ २ मत बदर भए। दलितमा माओवादी केन्द्रका पार्की प्रदेशसभातर्फ ३९ मत र १०५ स्थानीय तहतर्फ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश बिकले प्रदेशसभातर्फ १२ मत र ६७ स्थानीय तहतर्फ मत पाएका छन्। दलिततर्फ प्रदेशसभामा १ मत बदर भए भने स्थानीय तहतर्फ ३ मत बदर भएका छन्।
महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोशकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन्। महिलातर्फ प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भए।
प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १८ छ।