लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बुधबार दाङमा भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार सत्ता गठबन्धनबाट खुल्ला सदस्यमा नेपाली काँग्रेसका युवराज शर्मा (बाँके) विजयी भएका छन्। महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैह्रे (पाल्पा) र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा (रुपन्देही) निर्वाचित भएका हुन। नेकपाएमालेका तर्फबाट उम्मेद्वार दाङका रामदयाल गुप्ता,बाँकेका भारती खनाल उपाध्याय र गुल्मीका कृष्णबहादुर सुनार पराजित भएका हुन।
काँग्रेसका शर्माले ४ हजार ३४४ मतभार ल्याइ विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका रामदयाल गुप्ताले ३ हजार ३७८ मतभार पाए। महिला तर्फ समाजवादीकी गैह्रेले ४ हजार ३७४ मतभार ल्याइ विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेकी भारती खनालले ३ हजार ३१२ मतभार पाइन्। दलित तर्फ राष्ट्रिय जनमोर्चाका विश्वकर्माले ४ हजार ३५६ मतभार ल्याइ विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३ हजार ३४८ मतभार पाएको निर्वाचन कार्यालयले जनाएको छ।
दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा२९४ मत खसेको थियो। कुल मतदाता संख्या प्रदेशसभा तर्फका ८१ जना सांसद र स्थानीय तह तर्फका २१५ प्रमुख/उपप्रमुख गरी २९६ हो। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ कायम गरीएको थियो।बिहान ९ बजे सुरु भएको निर्वाचन ३ बजे सकिएको हो।
प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख गेहेन्द्र कुँवरका अनुसार प्रदेशसभा तर्फको शत प्रतिशत अर्थात ८१ मत खसेको थियो। स्थानीय तहतर्फका दुई जनाले मतदानमा भाग लिएनन। १०९ वटा स्थानीय तहका २१५ प्रमुख/उपप्रमुख मध्ये २१३ जनाले मतदान गरेका हुन। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा र रुपन्देहीको रोहिणी गाँउपालिकाका उपाध्यक्ष शिवकान्ति चमारले निर्वाचनमा भाग लिएनन। राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा निर्वाचनमा भाग नलिने निर्णय गरेकाले सोही अनुरुप दुई जना जनप्रतिनिधि मतदानमा सरीक नभएको जनाएको छ।लुम्बिनीबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ वर्षे कार्यकाल सकिन लागेकाले निर्वाचन भएको हो।
राष्ट्रियसभामा लुम्बिनीबाट विजयी भएका बाँकेका युवराज शर्मा पार्टी सभापती शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा उनी उपसभापति भएका थिए। नेपाली काँग्रेसको बाँके जिल्ला सभापती समेत भइसकेका शर्मा हाल महाधिवेशन प्रतिनिधि हुन।
राष्ट्रियसभामा विजयी पाल्पाकी राज्यलक्ष्मी गैह्रे नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य हुन। उनी पार्टीको महिला संघको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी इन्चार्ज हुन। ३९ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य बनेर राजनीतिमा होमिएकी उनी एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा लागेकी हुन।
राष्ट्रियसभामा विजयी रुपन्देहीका तुलप्रसाद विश्वकर्मा राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य हुन। उनी २०३५ सालदेखि पार्टीमा सक्रिय छन्। उनी कलाकार पनि हुन। जनमोर्चा निकट रक्तिम सांस्कृति अभियानमा समेत सक्रिय उनले रक्तिमका गितहरु राजेश विकको नाममा गाएका छन्।