लक्ष्मणलाल कर्णको सहमति सुत्र यस्तो छ...
१४ माघ २०७१
•
५ मिनेट पाठ
लक्ष्मणलाल कर्णको सहमति सुत्र यस्तो छ...
काठमाडौं- प्रक्रियाबाट संविधान जारी गर्ने सत्तापक्षले तयारी गरेपछि त्यसको विरोधमा रहेको एकीकृत माओवादी नेतृत्वको १९ दलीय मोर्चाले तत्काल सरकार र संधिवान सभाअध्यक्षसँग वार्ता नगर्ने निर्णय गरिसकेको छ। सरकारले वार्ता र प्रक्रिया सँगसँगै अगाडि बढाउने भन्दै एमाओवादीसहितको मोर्चालाई वार्तामा आउन आग्रह गरिसकेको छ।
११ गते सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गर्न प्रस्ताव निर्माण समिति गठनको घोषणा गरेपछि विच्किएका एमाओवादीसहितको मोर्चासँग अझै पनि सहमतिको संभावना रहेको एमाओवादी नेतृत्वको मोर्चमा आबद्ध दल सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले बताएका छन्।

बुधबार राजधानीमा सूचनाको हकका लागि नागरिक अभियानले आयोजना गरेको 'संविधान निर्माण : अबको निकास' विषयम अन्तरक्रिया कार्यक्रममा नेता कर्णले संविधानसभा निर्वाचन परिणाम देखि कांग्रेस/एमालेसँग चिसिएको सम्बन्ध संधिवानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा नौ बुँदे प्रस्ताव पेस गरेपछि विवाद झन बढेको बताए।

कर्णले सम्बन्ध बिग्रिनुको कारणमात्र सुनाएनन्, त्यसको समाधान गर्ने बाटोसमेत सुझाएका छन्। उनले संविधानसभा प्रक्रियामा प्रवेश गरिसके पनि सहमतिको लागि प्रक्रियालाई केही निश्चिन समय तोकेर स्थगित गर्नुपर्ने र त्यो बीचमा सहमतिको प्रयास गर्नुपर्ने सुझाव दिए।

'हामी अब प्रक्रिया नै फिर्ता लेउ भन्ने पक्षमा छैनौं,' कर्णले भने, 'त्यो प्रक्रियालाई स्थगित गरेर केही समय दिएर त्योबीचमा सहमतिको प्रयास गर्यो भने डेढ महिनाभित्र संविधान जारी गर्न सकिन्छ। प्रक्रियाबाट संविधान बनाउँदा चार महिना लाग्ने भन्दै कर्णले प्रक्रियालाई केही समयसम्म स्थगित गरेर सहमतिको प्रयास गरे बढीमा डेढ महिनाभित्र संविधान जारी गर्न सकिने बताए।

एमाओवादी नेतृत्वको मोर्चाले प्रक्रिया फिर्ता नभएसम्म वार्ता र संवादमा नबस्ने बताएको केही दिनपछि मोर्चाका नेतासमेत रहेका कर्णको यस्तो भनाइ आएको हो। उनले दलहरुबीच संघीयताकाबाहेक अन्य तीन विषयमा खासै विवाद नभएकोसमेत बताए।

न्यायप्रणाली र निर्वाचन प्रणालीमा खासै विवाद नरहेको भन्दै उनले निर्वाचन प्रणालीमा समानुपाति र प्रत्यक्षको अनुपात मिलाउन मात्र बाँकी रहेको र शासकीय स्वरुपमा 'नोट अफ डिसेन्ट' लेखेर जान आफूहरु तयार रहेकोसमेत कर्णले बताए। 'राज्यको पुर्नसंरचनाबाहेका विषयमा दलहरुबीच खासै विवाद छैन,' उनले भने, 'संघीयताकामा दलहरुबीच विवाद हो त्यसका लागि केही समय दिने हो भने सहमति गर्न सकिन्छ।'

नेता कर्णले विगत एक वर्षभित्र संविधानका अन्तर्वस्तुमा खासै छलफल नभएको भन्दै माघ ८ आउनु भन्दा १० दिन पहिलादेखिमात्र विषयमा छलफल भएको बताए। कार्यतालिका बनाएर संविधान निर्माण गर्दा प्रभावकारी र छिटोसमयमा काम हुने उनको भनाइ थियो।

कार्यक्रममा एमाओवादी सभासद रामनारयण बिडाँडीले अहिलेकै अवस्थामा संविधानसभाबाट संविधान जारी हुन नसक्ने दाबी गरे। उनले गरिब, श्रमिक, महिलाविरोधी संधिवान आवश्यक नभएको बताए।

नेपाली कांग्रेसका सभासद प्राध्यापक कृष्ण छन्तेलले गलत कुरा गर्नेलाई सूचनाको स्रोत बनाउँदा जनतामा निराशा भएको उल्लेख गरे। उनले सबै वार्ता र छलफल संविधानसभाभित्र नै गर्नुपर्ने सुझाव दिए।



अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस