रौतहटका माओवादी जनप्रतिनिधिले रोज्दै अन्य दल
१५ माघ २०७८
•
२ मिनेट पाठ
रौतहटका माओवादी जनप्रतिनिधिले रोज्दै अन्य दल
गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरुले रौतहटमा बिस्तारै अन्य दललाई रोज्दै गएको पाइएको छ। जिल्लाका अधिकांश जनप्रतिनिधिले अन्य दल रोजिसकेको देखिएको छ।  




नेकपा (माओवादी केन्द्र)बाट मौलापुर र कटहरिया नगपालिकाको नगर प्रमुखसँगै यमुनामाई गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। यसैगरी, माधव नारायण, मौलापुर, देवाही गोनाही, कटहरिया र फतुवा विजयपुर नगरपालिकामा उपप्रमुख माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

नेकपा एमालेसित पार्टी एकीकरण भएर नेकपा बनेको समयमा दुई पार्टीका कार्यकर्ताहरु एकै पार्टीको जस्तो भएर काम गरिरहेको समयमा सर्वोच्च अदालतको फैसलाले फेरि दुई पार्टी दुई ठाउँमा विभाजन हुन पुग्दा सबैभन्दा बढी क्षति रौतहटमा माओवादी केन्द्रलाई नै हुन पुगेको देखिएको छ।  

रौतहटको मौलापुर नगरपालिकाका प्रमुख र उपप्रमुख, कटहरिया नगरपालिकाका प्रमुख, माधव नारायण नपा, फतुवा विजयपुर नपा तथा देवाही गोनाही नपाका उपप्रमुखहरुले माओवादी केन्द्र छाडिसकेका छन्। यी प्रमुख र उपप्रमुखहरुसँगै दर्जनौँ वडाध्यक्षहरुले पनि माओवादी केन्द्रलाई छाडेर अन्य दल रोजेका छन्। माओवादी छाडेर अन्य दल रोज्ने निर्वाचित जनप्रतिनिधिहरुमध्ये अधिकांशले नेकपा एमालेमा प्रवेश गरेका छन्।  

गत स्थानीय तहको निर्वाचनमा रौतहटमा एक जना पनि प्रमुख निर्वाचित हुन सकेका थिएनन् तर अहिले परिस्थिति बदलिएको छ। नेकपा माओवादीबाट निर्वाचित यमुनामाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखियासहितको टोली अहिलेसम्म माओवादी केन्द्रमा नै रहेका छन् भने कटहरिया नगरपालिकाकी उपप्रमुख पनि माओवादी केन्द्रमा रहेकी छन्।

पछिल्लो समय रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हीरालाल राय यादवले माओवादी केन्द्र परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। नेपाली काँग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले वडाध्यक्ष यादवसहित उनका समर्थकहरुलाई नेपाली काँग्रेसमा प्रवेश गराउँदै टीका र माला लगाएर स्वागत गरेका छन्।  

माओवादी केन्द्रले पहिलेदेखि नै मधेस र मधेसी समुदायलाई अनेक प्रलोभन देखाएर ठग्ने काम मात्र गरेको आरोप वडाध्यक्ष हीरालाल राय यादवले लगाएका छन्। माओवादीले मधेस र मधेसीलाई हेर्ने दृष्टिकोण नै गलत भएकोले मधेसबाट माओवादी विस्तारै पलायन हुन थालेको यादवको आरोप छ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३८ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस