नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय सत्ता गठबन्धनको बैठकमा २०७९ जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान र अपराह्न गरी दुईपटक बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचन जेठभित्र सम्पन्न गर्ने सहमति भएको हो।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचन मिति तोक्न सुझाएको छ। वर्तमान सत्ता गठबन्धन र सरकारलाई निर्वाचन विरोधी साबित गर्ने तत्व सक्रिय भएको निष्कर्ष निकाल्दै बैठकमा जेठभित्रै स्थानीय निर्वाचन गराउने सहमति भएको हो। ‘जेठभित्र स्थानीय तह निर्वाचन सम्पन्न गर्ने सहमति सत्ता गठबन्धनमा रहेका दलबीच भएको छ,’ बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘निर्वाचन आयोगसँग आवश्यक परामर्श गरेर सरकारले छिट्टै मिति घोषणा गर्नेछ।’
संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी ऐन आपसमा बाझिएको ठहर गर्दै गठबन्धनको बैठकले संविधानसँग बाझिएका सबै ऐनकानुन संशोधन गर्न पनि सरकारलाई सुझाएको छ। कानुनविद्सँगसमेत शनिबार छलफलमा जुटेका गठबन्धनका नेताले संविधानभन्दा ऐनकानुन ठुलो नहुने भन्दै संविधानसँग प्रतिकूल रहेका ऐनका सबै प्रावधान संशोधन प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई सुझाएको कांग्रेस नेता पौडेलले बताए। ‘स्थानीय तहको निर्वाचनका विषयमा संविधानसँग बाझिएका सबै कानुन संशोधन गरेर संविधानअनुकूल बनाउनुपर्छ। त्यस्ता सबै कानुन संशोधन गर्न पनि बैठकले सरकारलाई आग्रह गरेको छ,’ पौडेलले भने।
आगामी जेठभित्र स्थानीय चुनाव सम्पन्न गर्नेगरी आवश्यक तयारी थाल्न गठबन्धन बैठकले सरकारलाई सुझाव दिएको जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘त्यसका लागि आवश्यक कानुन संशोधनसहितका प्रक्रिया अघि बढाउन सरकारलाई संयन्त्रले पनि सुझाव दिनेछ।’ निर्वाचन आयोगले यसअघि वैशाखमै निर्वाचन गर्न मिति प्रस्ताव गरेको छ। सरकारले निर्वाचन मिति तोक्नुअघि आयोगसँग आवश्यक परामर्श गर्ने जानकारी पनि मन्त्री कार्कीले दिए। ‘निर्वाचन मिति तोक्न निर्वाचन आयोगसँग छलफल गर्न गठबन्धन दलको बैठकले सुझाव दिएको छ,’ मन्त्री कार्कीले भने, ‘जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने दिशामा गठबन्धनका दलहरू अब अघि बढेका छन्। सरकार पनि त्यसैअनुसार अघि बढ्छ।’
संविधानको धारा २२५ को व्यवस्थामा टेकेर सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन अर्को वर्षको असोजदेखि फागुनसम्म गर्ने तयारी गरेको थियो। संविधानमा स्थानीय तहको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था भए पनि स्थानीय तह निर्वाचन ऐन, २०७३ मा भने कार्यकाल सकिनु दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने लेखिएको छ।
यसअघि तीन चरणमा भएको स्थानीय तह निर्वाचनको कुन मितिलाई पहिलो वा अन्तिम मान्ने भन्ने प्रश्नसमेत उठाउँदै गठबन्धन दलका नेताहरूले संविधानले स्थानीय तहको कार्यकाल पाँच वर्ष हुने स्पष्ट व्यवस्था गरेकाले त्यसबाहिर गएर निर्वाचन गराउँदा संविधानको प्रतिकूल हुने जिकिर गर्दै आएका थिए।
स्थानीय निर्वाचन सार्न खोजेको भन्दै सत्ता गठबन्धन दलका नेताहरूको आलोचना भएको थियो। राष्ट्रपति भण्डारी, प्रमुख प्रतिपक्षी एमालेसहित विभिन्न पक्षले सत्ता गठबन्धनलाई निर्वाचनविरोधी प्रमाणित गर्न लागेको भन्दै शनिबार बिहान बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा र नेता पौडेलले स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका थिए। प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि वा तीनै तहको निर्वाचन एकैसाथ गर्नुपर्ने पक्षमा रहेका गठबन्धनभित्रका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू पनि जेठभित्रै स्थानीय निर्वाचन गर्न सहमत भएका हुन्।
निर्वाचन पर नसार्न प्रधानमन्त्री देउवामाथि आफ्नै पार्टीभित्रबाट पनि दबाब बढ्दै गएका बेला गठबन्धन कायमै राखेर स्थानीय तहको निर्वाचन गर्न लचिलो बन्न शीर्ष नेताहरू सकारात्मक बनेका हुन्। सत्ता गठबन्धन समन्वय समितिका संयोजकसमेत रहेका कांग्रेस नेता पौडेलले अहिले देखिएका समस्याको निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने र राज्य व्यवस्थालाई नै असफल गराउने तत्व पनि सक्रिय रहेकाले समयमै चुनाव गराउनुपर्ने बताएका थिए। उनले निर्वाचनदेखि संसद्मा उत्पन्न गतिरोध, अदालतमा देखिएका समस्यामा गठबन्धनले निकास दिनुपर्ने बताएका थिए।
‘आज देशमा संसद् चलेको छैन। सर्वोच्च अदालतमा गतिरोध कायमै छ। राष्ट्रिय महत्वका विषयमा गतिरोध कायमै छ। राज्य सञ्चालनमै गतिरोध देखिएको छ,’ पौडेलले भने, ‘सरकार संसद्बाट एउटा कानुन पास गराउन सक्ने अवस्थामा छैन। यस्तो अवस्थामा यो गठबन्धन गम्भीर नहुने हो भने, निकास नखोज्ने हो भने यसको औचित्यमाथि पनि प्रश्न उठ्न सक्छ। त्यसैले हामीले मुलुकलाई निकास दिने र चुनावमा जाने सहमति गरेका हौं।’