काठमाडौं- राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विषयमा प्रश्न तयार पार्न कांग्रेस-एमाले तयार नभएको भन्दै प्रस्ताव निर्माण समिति बहिस्कार गरेको छ। राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले विवादित विषयमा प्रश्नावली बनाउँदा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा कांग्रेस-एमाले कुनै प्रस्ताव तयार पार्न नमानेको भन्दै प्रस्ताव समिति बहिस्कार गर्ने निर्णय भएको जानकारी दिए।
उनले प्रस्ताव निर्माण समितिको बैठकमा अब उपस्थित नहुने जानकारी गराएको समेत बताए।
प्रस्ताव समितिको बैठक केहीबेरमा बस्दैछ।