काठमाडौं–सहमतिबाटै संविधान जारी गर्नुपर्ने भन्दै बहुमतीय प्रणालीमा संविधान सभा प्रवेश गरेको विरोधमा सडक आन्दोलनको घोषणा गरेको एकीकृत माओवादी नेतृत्वको १९ दलीय मोर्चाले संविधान सभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।संविधान सभामा उपस्थित हुनुको कुनै औचित्य नभएको निष्कर्ष निमाल्दै मोर्चाले यही २२ गतेलाई बोलाइएको संधिवान सभाको बैठक बहिष्कार गर्ने निर्णय रहेको हो।
मंगलबार एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको १९ दलीय मोर्चाको बैठकले संविधानसभा र व्यवस्थापिका संसद अर्न्तगतका समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको मोर्चाका नेता गोपाल दहितले जानकारी दिए।
माघ ११ गते संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गर्न प्रस्ताव निर्माण समिति गठन गर्ने घोषणा गरेपछि प्रमुख प्रतिपक्ष दल एमाओवादीसहित संविधानसभामा प्रतिनिधित्व गर्ने १९ दलले सडक आन्दोलनको घोषणा गरेका छन्। उनीहरुले सहमतिबाट संविधान जारी हुने अवस्था नआएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताउँदै आएका छन। विपक्षी मोर्चाले प्रश्नावली समितिमा आफ्ना प्रतिनिधि पठाएका छैनन्।
बैठकले अहिलेकै अवस्थामा संधिावनसभामा जानुनको कुनै औचित्य नभएको भन्दै संविधानसभा र व्यवस्थापिका संसदका कुनै पनि बैठकमा सहभागी नहुने निर्णय गरेको हो। बैठकले बुधबार हुने संसदीय सुनुवाइ विशेष समितिको बैठक पनि बहिष्कार गर्ने निर्णय गरेको मोर्चाका नेता दहितले जानकारी दिए। बुधबार भारत र अमेरिकाका लागि प्रस्तावित राजदुतको सुनुवाई हुने कार्यक्रम छ।
मोर्चाले अझैपनि वार्ताको संभावना कायमै रहेको भन्दै सत्तापक्ष लचिलो रुपमा प्रस्तुत भए सहमति हुन सक्ने निष्कर्ष निकालेको छ।