काठमाडौं– नेपाली कांग्रेसले सोमबार पार्टी केन्द्रीय समिति बैठक बोलाएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार बिहान साँढे एघार बजे केन्द्रीय समिति बैठक डाकेको हो।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ‘सोमबारका दिन बिहान ११ः३० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने भएको छ,' मुख्य सचिव ऋषिकेश तिवारीद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ।'
बैठकमा पार्टी क्रियाशील सदस्यता र पछिल्लो राजनीतिक अवस्था एजेन्डा बन्नेछन्।
बैठकमा पार्टी क्रियाशील सदस्यता र पछिल्लो राजनीतिक अवस्था एजेन्डा बन्नेछन्।