सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ। आज बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव यही जेठ ४ मा गर्ने भएकोले तयारी थाल्न आग्रह गरेका छन्।
निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम जेठ ४ गते निर्वाचनको मिति तोक्न आयोगको सरकारलाई सुझाव गरेको थियो।
प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट स्थानीय तह निर्वाचनको मिति तोक्ने बताउँदै एकैचरणमा निर्वाचन गर्ने पनि बताएका छन्।
सत्तारूढ गठबन्धनमा भने जेठभित्रै स्थानीय चुनाव गर्ने सहमति भएको थियो। गठबन्धनले आयोगको परामर्शमा सरकारलाई चुनावको मिति तोक्न भनेको थियो।