काठमाडौं- राष्ट्रपति रामवरण यादवले सहमतिबाटै अगाडि बढ्न एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। शुक्रबार राष्ट्रपति कार्यालय सितल निवास पुगेका एमाओवादी अध्यक्ष दाहालसँगको भेटमा राष्ट्रपति यादवले आन्दोलनको बाटो छोडेर सहमति र सम्वादमा फर्कन आग्रह गरेको अध्यक्ष दाहालका सहयाेगी शिव खकुरेलले जानकारी दिए।
राष्ट्रपतिले आन्दोलनमा जाँदा मुलुकमा द्वन्द्व बढ्ने र त्यसले सहमतिको सम्भावना टर्ने भएकाले सहमतिबाटै अगाडि बढ्न जोड दिएको सितल निवास स्रोतले जनाएको छ।
जवाफमा अध्यक्ष दाहालले आफूहरु अहिले पनि सहमतिको पक्षमा रहेको तर सत्तापक्षले पेलेर जान खोजेकाले आन्दोलनमा जानु परेको बताएका थिए। 'आन्दोलन हाम्रो रहर होइन बाध्यता हो,' दाहालको भनाइ उद्धृत गर्दै खकुरेलले भने,' हाम्रा जायज मागलाई समेत बेवास्ता गरेर अगाडि बढ्ने काम भयो।'
जवाफमा अध्यक्ष दाहालले आफूहरु अहिले पनि सहमतिको पक्षमा रहेको तर सत्तापक्षले पेलेर जान खोजेकाले आन्दोलनमा जानु परेको बताएका थिए। 'आन्दोलन हाम्रो रहर होइन बाध्यता हो,' दाहालको भनाइ उद्धृत गर्दै खकुरेलले भने,' हाम्रा जायज मागलाई समेत बेवास्ता गरेर अगाडि बढ्ने काम भयो।'
दाहालले सत्तापक्षले वार्ता र सम्वादको लागि कुनै पहल नगरेको दाहालले राष्ट्रपतिसमक्ष गुनासो गरेका थिए। स्रोतका अनुसार दाहालले राष्ट्रपतिसमक्ष वार्ता र सहमतिको पहल गर्न आग्रह गरेका थिए। 'अहिले सत्तापक्षको रवैया हेर्दा पेलेर जानेजस्तो देखिन्छ,' दाहालले भनेका थिए,' अहिलेसम्म सम्वाद र सहमतिको कुनै ठोस प्रस्ताव आएको छैन। यस्तो अवस्थामा राष्ट्रपति महोदयले वार्ताको पहल गरिदिनुपर्यो।'
दलहरुबीच संविधान निर्माणको विषयमा सहमति जुट्न नसक्नु र आरोप प्रत्यारोपमा उत्रिएपछि सहमति गराउन राष्ट्रपति यादव सक्रिय भएका छन्। यसअघि बिहीबार साँझ एमाले शीर्ष नेतालाई राष्ट्रपति कार्यालय बोलाएर सहमतिको पहल गर्न आग्रह गरेका थिए। सो छलफलमा एमाले अध्यक्ष केपी ओलीले आन्दोलन घोषणा गरेको एमाओवादी नेतृत्वको मोर्चालाई सम्झाइदिन राष्ट्रपतिलाई आग्रह गरेका थिए। वार्ता र सम्वादबाट समस्याको समाधाान खोज्ने प्रयास स्वरुप राष्ट्रपतिले छलफललाई निरन्तरता दिएको सितल निवासले जनाएको छ।