इलाम- तोकिएको समयमा संविधान नबन्नु 'दुःखद् र लज्जास्पद' भन्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरुलाई आगामी माघ २९ गतेभित्र सहमति गरिसक्न आग्रह गरेका छन्। गृहजिल्ला इलाममा शनिवार संविधानबारे बोल्दै नेम्वाङ्ले 'माघ २९ गते अपरान्ह १ बजेभित्र सहमति गर्नुस्, हामी त्यसै अनुरुप अघि बढ्छौं' नत्र 'बहुमतीय प्रणालीका आधारमा संविधान बनाउने काम अघि बढाउँछौं' भनेका हुन्।
माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको समापनमा सदरमुकामस्थित ठूलो टुँडिखेलमा प्रमुख अतिथि बनेर आएका संविधानसभा अध्यक्ष नेम्वाङले यसपल्ट पनि संविधानसभाबाट संविधान नबने देशका लागि दुर्भाग्य हुने बताए। दलित, जनजाति, मधेशी, महिला र पिछडिएका वर्गलाई संविधान बनाउन सहयोग गर्न आग्रह गर्दै अघिल्लोपल्ट जस्तो समयको मात्रै खेर नफाल्न आग्रह दोहोर्यामएका हुन्।