काठमाडौं–पूर्वमन्त्री एवं खुमबहादुर खड्काको हिन्दू राज्य जागरण अभियानलाई एक करोड रुपैयाँ आर्थिक सहयोग जुटाउन द्वन्द्वकालमा क्षति भएको भन्दै दैलेखमा ५५ कोठे 'डमी घर' निर्माण गरिएको छ। दैलेखको सात्तला–५ मा घर भएका ओमप्रसाद शर्माको ५ कोठे र अर्को ४ तले घरलाई कागजमा ५५ कोठे घर बनाइ एक करोड क्षतिपूर्ति माग दाबी गरिएको हो। क्षतिपूर्ति माग गरिएको सो फाइल अहिले शन्ति तथा पुर्ननिर्माण मन्त्रालयमा विचाराधीन छ।

२०५७ साल असोज २३ गते तत्कालीन माओवादीले आक्रमण गरी चलअचल सम्पति क्षति तथा लुटपाट गरेको भन्दै ठाँटीकाध प्रहरी चौकीका असई केशरबहादुर पुनले २०६८ साउनमा २ करोड २३ लाख ६ हजार १ सय रुपैँया क्षतिको मुचुल्का उठाएका थिए। पछि २०६८ मानै जिल्ला प्रशासन कार्यालयबाट तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालबाट १ करोड क्षतिपूर्तिका लागि शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा सिफारिस गरेका थिए। अहिले मन्त्रालयमा भने दैलेख सत्तला ५५ कोठे घर भत्काएको दाबी गर्दै एक करोड क्षतिपूर्ति माग दाबी गर्दै फाइद पेश भएको हो। त्यो पनि सबै प्रक्रिया पुर्याएर।
कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका शान्ति तथा पुर्ननिर्माण मन्त्री नरहरि आचार्य र शान्ति मन्त्रालयका कामु सचिवको दबावमा क्षतिपुर्ति मूल्यांकन समितिले सो फाइल मन्त्रालयमा पेश गरेको स्रोतले बतायो। सो फाइल सदर गर्न अस्वीकार गर्दा उसचिव बासुदेव रेग्मी सुरुवा भएका छन्। फाइल बारेे सकारात्मक राय लेख्न अस्विकार गरेपछि उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा काज सरुवा गरिएको हो। अहिले रेग्मी बाग्लुङ यातायत कार्यलयमा छन्।
'मलाई अनैतिक काम गर्न मेरो नैतिकताले दिएन,' उपसचिव रेग्मीले नागरिकन्युजसँग भने, 'राजनीतिक नेतृत्वले चाह्यो भने कर्मचारीलाई हटाएर पनि आफ्नो निर्णय लागू गर्न सक्छन् भन्ने उदाहरण हो यो।'
मन्त्रालय स्रोतकाअनुसार दैलेखमा हुँदै नभएको ५५ कोठे घर क्षति भएको भन्दै एक करोड क्षतिपूर्ति दिन दैलेख जिल्ला प्रशासन कार्यालयले राहत तथा पुर्नस्थापना निर्माण इकाइमा फाइल पठाएको थियो। राहत तथा पुर्नस्थापना इकाईका निमित्त विभागीय प्रमुख हरि ज्ञवालीले दैलेखमा ५५ कोठे घर भएको आफूलाई शंका लागेको भन्दै दुई पटकसम्म फिर्ता गर्दा पनि दैलेख प्रमुख जिल्ला अधिकारीले सोही फाइल सही हो भन्दै इकाईमा नै फिर्ता पठाएको बताए। 'दैखेलमा ५५ कोठे घर छ भन्ने विषयमा मेरो अन्तरआत्माले मानेन,' निमित्त प्रमुख ज्ञवालीले नागरिकन्युजसँग भने, 'त्यही भएर बुझ्न दुई पटकसम्म फाइल दैलेख फिर्ता गरेको थिए। तर उताबाट सही हो भनेपछि मैले मान्नै पर्यो।'
स्रोतका अनुसार इकाईले मन्त्रालयमा पेश गरेको सो फाइलमा सकारात्मक राय लेख्न उपसचिव बासुदेव रेग्मीलाई दबाव मन्त्री र सचिवले दिएका थिए । उपसचिव रेग्मीले नक्सा ट्रयास पेस गरेमा वा गाविस वा नगरपालिकाबाट कानुन बमोजिम पास भएको नक्सा पेश गर्न भन्दै फाइल फिर्ता गरेका थिए।
दैलेखको सात्तला –५ मा घर भएका ओमप्रसाद शर्माको ५ कोठे र अर्को ४ तले घरसहित तत्कालीन माओवादी द्वन्द्वमा २०५७ साल असोज २३ गते आक्रमण गरी चलअचल सम्पती क्षति तथा लुटपाट गरेको भन्दै ठाँटीकाध प्रहरी चौकीका असई केशरबहादुर पुनले २०६८ साउनमा २ करोड २३ लाख ६ हजार १ सय रुपैँया क्षतिको मुचुल्का उठाएका थिए। पछि २०६८ मानै जिल्ला प्रशासन कार्यालयबाट तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालबाट १ करोड क्षतिपूर्तीको लागि शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा सिफारिस गरेका थिए ।
शान्ति तथा पुननिर्माण मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय दैलेखलाई चलानी नम्बर १०२ मार्फत २०६८ भदौ ६ गते ओमप्रसाद शर्माको घरको अवस्था बुझी सत्यतथ्य पठाउन पत्र आएपछि फेरि दोस्रो पटक दैलेख प्रहरी प्रमुख प्रज्वल मर्हजनले प्रहरीको राजनीतिक अन्वेषनका असई लालबहादुर विष्ट र पाल्तडाका सई जन्मजय रावललाई लगरे २०७० माघ २७ गते मुचुल्का उठाएका थिए । डिएसपीसहितको प्रहरी टोलीले २ करोड २२ लाख २२ हजार २ सय को क्षति मुचुल्का उठाएको दैलेख प्रहरीमा रहेको मुचुल्काले देखाएको छ । दोस्रो पटक प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले ०७० माघ २७ गते उठाएको मुचुल्कामा १ करोडको क्षतिपुर्तिका लागि सिफासिर गरेका थिए।
द्वन्द्व पीडितको सिफारिस गर्नका लागि द्वन्द्व प्रभावित ७३ जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पीडित, जिल्लाका विषयसँग सम्बन्धित विशेषज्ञ, जिल्लाबाट संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलका प्रतिनिधिसहित कम्तिमा २३ जनाको स्थानीय शान्ति समिति हुन्छ । २३ जनामध्येबाट विषयको मूल्यांकन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विशेष समिति हुन्छ। सो समितिले मूल्यांकन गरेपछि गाविस/नगरपालिकाले नक्सा पास गर्नुपर्छ। पास भएको नक्सा समितिमा पेश भएपछि त्यसको छानविन हुन्छ। त्यो सत्य भए स्थानीय शान्ति समितिले केन्द्रमा रहेको राहत तथा पुर्नस्थापना इकाईमा सिफारिस गरेर पठाउनुपर्छ। इकाइलेले पनि त्यसको अध्ययन गरेपछिमात्र सो फाइल मन्त्रालयमा पेश हुन्छ।
माओवादी द्वन्द्वकालमा क्षति भएको दैलेख दरवार अहिले शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले पुननिर्माणको काम गरिरहेको छ। 'दैलेख दरवारमा त ५५ कोठा छैन, अनि एक सर्वसाधारणको घरमा कसरी ५५ कोठा हुन्छ, मन्त्रालय स्रोतले भन्यो, 'नेपालमा भ्रष्टाचार कसरी हुँदो रहेछ भन्ने कुराको उदाहरणको रुपमा यो घटनालाई लिन सकिन्छ ।' ५५ कोठा दाबी गरिएको घर स्थानीय ओमप्रकाश शर्माको नाममा रहेको छ । स्रोतका अनुसार उनी पुर्वमन्त्री खुमबहादुर खड्का निकट मानिन्छन्। घटना भएको ११ वर्षपछि क्षतिपूर्ति दाबीगर्नुको कारणबारे स्रोत भन्छ,' खड्काले चलाएको हिन्दुराज्य अभियानलाई सहयोग पुर्याउने उद्देश्यले घर धनी शर्माले स्थानीय शान्ति समितिमार्फत् सिफारिस गराएर इकाइमा पठाएका हुन् । मन्त्री आचार्यको दबाबमा इकाइले पनि फाइल सदर गरेर मन्त्रालयमा पेश गरेको हो।
कानुन मन्त्रालयकोसमेत कार्यभार सम्हालेका शान्ति तथा पुर्ननिर्माण मन्त्री नरहरि आचार्यले एक करोड क्षतिपुर्तिको माग दाबी गर्दै फाइल मन्त्रालयमा आएको स्वीकारे। 'दैलेखमा ५५ कोठे घर माओवादी द्वन्द्वमा क्षति भएको भन्दै सबै प्रक्रिया पूरा गरेर फाइल आएको मैले पनि थाहा पाएको हो,' मन्त्री आचार्यले नागरिकन्युजसँग भने, 'तर दैलेखस्तो ठाउँमा ५५ कोठे घर कसरी हुन्छ मलाई नै विश्वास नलागेर त्यसको छानविन गर्न भनेको छु।'
उनले जिल्लाबाट आएको सिफारिस सबै प्रक्रिया पुगेर आएको बताए। 'मन्त्रालयको आफ्नै प्रक्रिया हुन्छ। सिफारिस भएजति सबै पाउने भन्ने हुँदैन,' उनले भने ।
उनले सो फाइल सदर गर्न नमान्दा उपसचिवको काजमा सरुवा भएको विषमया भने आफूलाई कुनै जानकारी नभएको दाबी गरे।
(दैलेखबाट गोविन्द केसीको सहयोगमा)

मन्त्री र सचिवले दिए दवाब

मुचुल्का उठाउने को को हुन्?

२३ जनाको एउटै सिफारिश
द्वन्द्व पीडितको सिफारिस गर्नका लागि द्वन्द्व प्रभावित ७३ जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पीडित, जिल्लाका विषयसँग सम्बन्धित विशेषज्ञ, जिल्लाबाट संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलका प्रतिनिधिसहित कम्तिमा २३ जनाको स्थानीय शान्ति समिति हुन्छ । २३ जनामध्येबाट विषयको मूल्यांकन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विशेष समिति हुन्छ। सो समितिले मूल्यांकन गरेपछि गाविस/नगरपालिकाले नक्सा पास गर्नुपर्छ। पास भएको नक्सा समितिमा पेश भएपछि त्यसको छानविन हुन्छ। त्यो सत्य भए स्थानीय शान्ति समितिले केन्द्रमा रहेको राहत तथा पुर्नस्थापना इकाईमा सिफारिस गरेर पठाउनुपर्छ। इकाइलेले पनि त्यसको अध्ययन गरेपछिमात्र सो फाइल मन्त्रालयमा पेश हुन्छ।
'भ्रस्ट्राचारको नेपाली मोडल'
माओवादी द्वन्द्वकालमा क्षति भएको दैलेख दरवार अहिले शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले पुननिर्माणको काम गरिरहेको छ। 'दैलेख दरवारमा त ५५ कोठा छैन, अनि एक सर्वसाधारणको घरमा कसरी ५५ कोठा हुन्छ, मन्त्रालय स्रोतले भन्यो, 'नेपालमा भ्रष्टाचार कसरी हुँदो रहेछ भन्ने कुराको उदाहरणको रुपमा यो घटनालाई लिन सकिन्छ ।' ५५ कोठा दाबी गरिएको घर स्थानीय ओमप्रकाश शर्माको नाममा रहेको छ । स्रोतका अनुसार उनी पुर्वमन्त्री खुमबहादुर खड्का निकट मानिन्छन्। घटना भएको ११ वर्षपछि क्षतिपूर्ति दाबीगर्नुको कारणबारे स्रोत भन्छ,' खड्काले चलाएको हिन्दुराज्य अभियानलाई सहयोग पुर्याउने उद्देश्यले घर धनी शर्माले स्थानीय शान्ति समितिमार्फत् सिफारिस गराएर इकाइमा पठाएका हुन् । मन्त्री आचार्यको दबाबमा इकाइले पनि फाइल सदर गरेर मन्त्रालयमा पेश गरेको हो।
छानविन गर्न भनेको छुः मन्त्री आचार्य