काठमाडौं-एकीकृत नेकपा माओवादीले समानुपातिक तर्फबाट सभासद बनाएपछि पूर्व अर्थ राज्यमन्त्री ल्हारक्याल लामा पुनः विवादमा तानिएका छन्।झलनाथ खनाल नेतृत्वको सरकारमा नेकपा एमालले अर्थ राज्यमन्त्री बनाउँदा पनि लामा विवादित बनेका थिए। विवाद चुलिएपछि तत्कालीन खनाल सरकारले लामामाथि लागेको आरोपको सत्यतथ्य पत्ता लगाउन पुनरावेदन अदालतका पूर्वन्यायाधीश भोलाप्रसाद खरेलको अध्यक्षतामा जाँचबुझ आयोग नै गठन गरेको थियो। आयोगले विविध समस्या देखाउँदै अपूरो प्रतिवेदन बुझाएको थियो। आरोप पुष्टि हुन नसकेको भन्दै उनलाई प्रतिवेदनमा निर्दोष भनियो। तर, खासमा उनीमाथि लगाइएको गम्भीर आरोपबारे पूर्ण रूपमा जाँचबुझ नै भएको थिएन।
‘त्यतिखेर लामामाथि विभिन्न नाम फेर्दै नेपाली र भारतीय राहदानी, तिब्बती शरणार्थी परिचयपत्र लिएको आरोप लागे पनि त्यसउपर कुनै छानबिन नै भएको थिएन। छानबिन आयोगले परराष्ट्र र गृह मन्त्रालयले आवश्यक सहयोग नगरेको भन्दै अपूरो प्रतिवेदन सरकारलाई बुझाइदियो। वास्तवमा आयोगले प्रतिवेदनमा जे लेख्यो त्यो सत्य थिएन,' परराष्ट्र मन्त्रालय स्रोतले नागरिकसँग भन्यो।
स्रोतका अनुसार आयोगले आग्रह गरेबमोजिम परराष्ट्रले भारतसँग लामाले लिएको भनिएको भारतीय राहदानी, तिब्बती शरणार्थी परिचयपत्रका विषयमा जानकारी मागेको थियो। नेपाल र भारतबीच ‘पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता' मा हस्ताक्षर नहुँदा लामामाथिको छानबिन रोकिएको थियो।
नेपालमा लामामाथि छानबिन गर्न आयोग बनेका बेला भारतले नेपालसँग आफ्ना सांसद मणिकुमार सुब्बाबारे जानकारी मागेको थियो। सुब्बा त्यतिखेर कंग्रेसको आसाम तेजपुरबाट सांसद थिए। सुब्बा नेपाली नागरिक भएको र भारतमा लुकेर बसेको आरोप लगाउँदै उनीविरुद्ध उत्तर प्रदेश नोयडा निवासी वीरेन्द्रनाथ सिंहले सन् २००५ मा भारतीय सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
सुब्बाले सन् १९९८ मेमा १२ औं लोकसभा निर्वाचनमा छापेको पर्चामा आफ्नो जन्म १६ मार्च १९५१ मा आसामको तेजपुरमा भएको उल्लेख गरेका थिए भने १४ औं लोकसभा निर्वाचनमा छापेको पर्चामा जन्म पश्चिम बंगालको दार्जिलिङमा १६ मार्च १९५८ मा भएको उल्लेख थियो। यही पर्चाबाट उनीमाथि शंका उब्जिएको थियो।
उजुरीमा सुब्बामाथि सन् १९७० मा नेपालमा एक हत्याको आरोपमा मुद्दा चलेको उल्लेख छ। सन् १९७२ देखि १९७३ सम्म नेपालमा कैद सजाय भोगेको आरोप पनि उनीमाथि थियो। त्यसपछि उनी भारतमा आई लुकिबसेको आरोप लगाइएको थियो। उनको वास्तविक नाम नेपालमा मणिकुमार लिम्बू रहेको उजुरीमा उल्लेख थियो। सुब्बाले भने मणिराज लिम्बू नेपालमै जीवित रहेको र नेपालको सर्वोच्च अदालतको आदेश अनुसार सन् १९८२ सम्म उनले जेलमै बिताएको दाबी गरेका थिए।
नेपालले लामाका विषयमा भारतसँग जानकारी माग गर्नुअगावै पत्राचार गर्दै भारतले सुब्बाको नेपाली नागरिकता लिए/नलिएको, नेपालमा जन्मे/नजन्मेको, नेपालको अदालतले सजाय दिए/नदिएको, जेलबाट भागे/नभागेको जानकारी नेपालसँग मागेको थियो। सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले त्यतिखेर दुई देशबीच पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर नभएकाले जानकारी उपलब्ध गराउन नमिल्ने उल्लेख गरी जवाफ दिएको थियो। त्यसअघि पनि भारतले यस्तै विवादित ३–४ जना नागरिकका सम्बन्धमा नेपालसँग जानकारी मागेको थियो।
नेपालले सुब्बाका बारेमा जानकारी दिन नमिल्ने बताएको केही दिन बित्न नपाउँदै लामा विवादमा तानिए र छानबिन आयोग बन्यो। लामा अर्थ राज्यमन्त्री भएलगत्तै उनीमाथि विभिन्न नाममा एकभन्दा बढी नागरिकता र अन्य मुलुकको राहदानी लिएको आरोप लागेको थियो। लामामाथि भारतको गुवाहाटी कुलिगल ठेगाना राखी खेम्पो छिमे छिरिङको नाममा सन् १९९८ जुन १२ मा ‘ए२१२९८१२ नम्बरको भारतीय राहदानी लिएको र सन् १९६९ मा लामा छिमे छिरिङको नामबाट तिब्बती शरणार्थी परिचयपत्र लिएको आरोप थियो।
त्यसपछि आयोगको अनुरोधअनुसार भारतसँग नेपालले लामाका बारेमा जानकारी मागेको थियो। ‘परराष्ट्र मन्त्रालयबाट कुनै पत्रको जवाफ प्राप्त हुन आएन,' जाँचबुझ आयोगले २०६८ मा बुझाएको प्रतिवेदनमा उल्लेख छ।
परराष्ट्रले भारतलाई लामाको जानकारी मागी पत्र त पठायो, तर जानकारी पाएन। समस्या त्यही थियो– पारस्परिक कानुनी सहायता सम्झौता नहुनु। सम्झौता भए मात्र एकअर्को देशले मागेको जानकारी कानुनी रूपमा प्रमाणित गरी उपलब्ध गराउन सकिन्थ्यो। भारतले जानकारी दिन मानेन, तर अनौपचारिक रूपमा नयाँ प्रस्ताव पठायो।
‘विशेष केसमा पारस्परिक आधारमा जानकारी साटासाट गर्न सकिन्छ भन्ने प्रस्ताव भारतको थियो। बिनासम्झौता जानकारी आदानप्रदान गर्दा पछि ठूलो समस्या आउन सक्छ जसलाई नेपाललाई थेग्न गाह्रो हुन्छ भन्ने बुझेर हामीले भारतको प्रस्ताव स्विकार्न सकेनौंं,' स्रोतले भन्यो। त्यसपछि परराष्ट्रले असहयोग गरेको भन्दै आयोगले तत्कालीन परराष्ट्र सचिव मदनकुमार भट्टराईलाई न्याय प्रशासन ऐन, २०४८ को दफा २९ उद्धृत गर्दै ५ सय रुपैयाँ जरिवाना गर्योर।
‘हामीले आयोगका सदस्य र त्यतिबेलाका सरकार प्रमुखलाई पारस्परिक कानुनी सहायता सम्झौता भए लामाको विषयमा मागिएका जानकारी एक सातामा उपलब्ध गराउन सक्ने जानकारी गरायौं। सम्झौता नहुँदा दुवै देशले यस्तो जानकारी एकअर्कालाई उपलब्ध गराउन सक्दैनन् भन्यौं। तर, सम्झौता गर्नेतिर कसैको ध्यान गएन,' स्रोतले भन्यो, ‘तर, असहयोग गरेको भन्दै सचिवमाथि कारबाही गरियो। सरकारले सम्झौता नगर्दा उहाँले अदालतमा गई लिखित रूपमा माफी माग्नुपर्योर। आरोपित व्यक्ति भने त्यसै उम्किए।'
छानबिन आयोगले प्रतिवेदन बुझाएको साढे तीन वर्षमा एमाओवादीको आग्रहमा निर्वाचन आयोगले लामालाई आइतबार सभासद नियुक्त गर्यो। त्यसपछि उनीमाथि लागेका आरोप फेरि मूलधारका मिडिया र सोसियल मिडियामा छरपष्ट भएका छन्।