‘सहमति खोज्न' प्रक्रिया स्थगित
२९ माघ २०७१
•
६ मिनेट पाठ
‘सहमति खोज्न' प्रक्रिया स्थगित
काठमाडौं-बहुमतीय प्रक्रियामार्फत संविधान निर्माणका काम अघि बढाएको संविधानसभा बैठक अनिश्चित भएको छ। प्रक्रियाविरोधी विपक्षी मोर्चाको दबाबमा फेरि ‘सहमति खोज्न' अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको हो। विपक्षी मोर्चामा रहेका राजनीतिक दलको सहमतिबिना अघि बढेको संविधान निर्माण प्रक्रिया पनि बैठकसँगै स्थगित भएको छ।बैठक बहिष्कार गरेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नागरिक समाजका अगुवाले अर्को सूचना नभएसम्मका लागि संविधानसभा बैठक स्थगित गरेर वार्ताको वातावरण बनाउन आग्रह गरेपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो।
दाहालले बिहान प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी वार्ताको वातावरण बनाउन संविधानसभा बैठकको अर्को मिति नतोकी स्थगित गरिदन आग्रह गरेका थिए।
नागरिक समाजका अगुवाले पनि प्रधानमन्त्री, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष दाहाल र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई निवासमै पुगेर यस्तै आग्रह गरेका थिए।
त्यसपछि दिउँसो बसेको संविधानसभा बैठकमा प्रस्ताव निर्माण समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको प्रतिवेदन पेस गरेका थिए।
उनले संविधानसभामा पेस गरेको प्रतिवेदनमा अघिल्लो संविधानसभादेखि रहेका संविधानका विवादित विषयमा आधारित प्रश्नावली छन्।
१ सय ३ असहमतिका विषयका २ सय ३२ वटा प्रश्न निर्णयका लागि तयार गरिएको छ।
दलहरुबीच संविधानका विवादित अन्तर्वस्तुमा सहमति कायम नभए संविधानसभाको अर्को बैठकबाट प्रश्नावली निर्णयार्थ पेस गरिनेछ। ‘दलहरुबीच संविधानका अन्तर्वस्तुमा सहमति नभए संविधानसभाको अर्को बैठकदेखि कार्यान्वयनको काम अघि बढ्छ,' संविधानसभा सचिवालय स्रोतले भन्यो। 
समितिको प्रतिवेदन पेस गर्दा विपक्षी मोर्चामा रहेका एमाओवादीसहित १९ दल र राप्रपा नेपालका सभासद भने अनुपस्थित थिए। 
विपक्षी १९ दलीय मोर्चा ‘प्रस्ताव निर्माण समिति' गठनकै विरोधमा छ भने राप्रपा नेपाल समितिले बनाएको कार्यविधिको।
विपक्षी मोर्चामा रहेका दलका सभासद माघ ११ पछि संविधानसभा र संसदीय समितिका कुनै पनि बैठकमा उपस्थित छैनन्। राप्रपा नेपालले पहिलोपटक बिहीबार संविधानसभा बैठक बहिष्कार गरेको हो।
राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका सन्दर्भमा प्रश्नावली बनाउनुपर्ने अडान राखेको थियो। तर कार्यविधिमा यी विषय रहने कि नरहने भन्ने कुनै प्रश्न बन्न नसक्ने उल्लेख गरिएपछि उसले प्रस्ताव निर्माण समितिको बैठक बहिष्कार गरेको हो। 
‘सकारात्मक पहलका लागि यस्तो निर्णय गरिएको हो,' संविधानसभा अनिश्चितकालका लागि स्थगित भएपछि संविधानसभा अध्यक्ष नेम्वाङले नागरिकसँग भने, ‘यो समयको सदुपयोग गरेर राजनीतिक दलका नेताले सहमति गर्नुपर्यो्।'
संविधानसभा बैठक दुई किसिमले स्थगित गर्ने परम्परा र नियमावलीमा व्यवस्था छ। पहिलो संविधानसभाकै बैठकबाट अर्को मिति तोक्ने, दोस्रो मिति नतोकी अर्को सूचना नभएसम्म भनेरै स्थगित गर्ने।
मिति नतोकी स्थगित गर्दा संविधानसभा बैठक बोलाउनु तीन दिनअघि बैठकका लागि सूचना टाँस्नुपर्नेछ।
‘प्रस्ताव निर्माण समितिलाई दिएको काम पूरा गरेर संविधानसभाले अनुमोदन गरिसक्यो,' नेम्वाङले भने, ‘यो समयमा दलहरुबीच सहमति भए संविधानसभा सहमतिअनुसार नै अघि बढ्छ।'
नेम्वाङले नागरिक समाजका अगुवासँग भएको भेटवार्तापछि संविधानसभा भवनमै प्रक्रिया पक्षधर दलका नेताहरुसँग छलफल गरेका थिए। ‘विपक्षी पनि वार्तामा आउन तयार छन्, त्यसका लागि तपार्इंले संविधानसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिदिनुपर्यो ,' नागरिक समाजका अगुवाले संविधानसभा अध्यक्ष नेम्वाङसँग आग्रह गरेका थिए, ‘प्रचण्डको भनाइ पनि मिति नतोकी संविधानसभा बैठक स्थगित भयो भने वार्तामा आउन सहज हुन्छ भन्ने छ।' 
कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले पनि एमाओवादीसहित विपक्षी मोर्चाले वार्तामा आउने वातावरण बनाइदिन आग्रह गरेपछि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए। ‘एमाओवादीलाई पनि वार्तामा ल्याउन स्थगित गरिएको हो,' उनले नागरिकसँग भने, ‘प्रस्ताव समितिको प्रतिवेदन अघि नबढाए वार्तामा आउन सहज हुने बताएपछि संविधानसभा बैठक स्थगित गरिएको हो।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस