नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर लोकतन्त्रविरुद्ध अघि बढेको आरोप लगाउँदै जनताको बीचमा गएर दण्डित गर्ने बताएका छन्।
नेकपा एमालेको शनिबार धरानमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बेधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले निर्वाचन ऐनको आधारमा चैत ५ गतेभित्र स्थानीय तह निर्वाचन हुनुपर्ने भएपनि गठबन्धन सरकारले चुनाव टार्न अनेक तानाबुना गरिरहेको बताए। हिजो एमाले जनताको बीचमा जाँदा संविधान विरोधी, लोकतन्त्र विरोधी र प्रतिगमनकोरुपमा चित्रण गर्ने पार्टीहरु नै अहिले लोकतन्त्रविरुद्धमा, संघीय लोकतान्त्रिक गणतन्त्रकोविरुद्धमा उभिएर प्रतिगामी बाटोमा अघि बढेको उनले बताए
‘यो गठबन्धन सरकारले स्थानीय तह खाली गर्ने, जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा छ, त्यसलाई कुनै पनि हालतमा सफल हुन दिँदैनौ, यो सरकारले जेठ ५ अगावै चुनाव गर्नको लागि हाम्रो पार्टीले बाध्य बनाउनेछ,’ महासचिव पोखरेलले भने,‘हामीले जनताको पक्षमा, राष्ट्रको पक्षमा काम गर्दा बलियो शक्ति निर्माण हुने आधार बनेपछि, लोकप्रिय बन्दै गएपछि डराएकाहरुले गठबन्धन गरेका हुन्, अदालतको सहारामा लोकप्रिय सरकार ढाल्ने काम गरेका हुन्, उनीहरुलको त्यो षड्यन्त्रलाई जनताको बीचमा लगेर षड्यन्त्र एक्सपोज गर्न चाहन्छौ, जनताबाट उनीहरुलाई दण्डित गर्न चाहन्छौ। जनादेशलाई खण्डित गर्ने नेपाली कांग्रेस लगायत राजनीतिक दलको प्रयासलाई जनतामा गएर तोड्न चाहन्छौ।’
एमालेमा रहँदा माधव नेपालले विधि, पद्दतीको कुरा गर्ने र एक पद एक व्यक्तिको कुरा उठाए पनि अहिले पार्टी टुक्राएपछि नेकपा एसमा आफै अध्यक्ष, आफै संसदीय दलको नेता बनेर हिजो केपी ओलीप्रति लगाएको आरोप निरर्थक भएको प्रमाणित गरेको पनि पोखरेलले बताए। माधव नेपाल संसदीय इतिहासमै सबैभन्दा बढी संसदीय ह्विप तोड्ने, पार्टीविरुद्ध राष्ट्रपति, अदालत र कांग्रेससँग साँठगाँठ गर्ने काम गरेको पनि पोखरेलले आरोप लगाए। ‘माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई प्राप्त जनमत, जनताले दिएको जनादेशलाई लगेर कांग्रेसलाई बिक्री गर्ने काम गरे। कांग्रेसविरुद्धको जनादेशलाई कांग्रेसको पाउमा सर्मपण गरे, जनताको जनादेशविरुद्ध उभिएपछि अब कसैले सहानुभूति गर्नुपर्छ भन्ने छैन,’ उने भने।
महासचिव पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल कम्युनिष्ट पार्टीको नेता नभै कांग्रेसको मामुली कार्यकर्ता भएको पनि बताए। अब नेपालको राजनीतिक २ ध्रुवमा अघि बढ्ने भन्दै पोखरेलले एउटा ध्रुवको नेता एमाले र अर्को ध्रुवको नेता कांग्रेस मात्र हुने, अन्य राजनीतिक दल सहयोगी मात्र हुने पनि बताए। ‘एउटा शक्ति समाजवादको आधार तयार गर्दै समाजवादमा जान्छ, त्यो शक्ति एमाले हो। अर्को शक्ति उदार पुँजीवादको बाटोबाट पुँजीवादतर्फ जान्छ, त्यो शक्ति कांग्रेस हो। प्रचण्ड र माधव नेपाल हिडेको बाटो पुँजीवादको बाटो हो। शेरबहादुर देउवालाई नेता मानेर नेतृत्वमा अघि बढ्दा समाजवादमा पुगिँदैन,’ पोखरेलले भने।
माओवादी केन्द्रको २ वडा कमिटी एमालेमा
नेकपा माओवादी केन्द्रको २ वटा वडा कमिटी नेकपा एमालेमा समाहित भएको छ। शनिबार धरानमा आयोजित एमालेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रको धरानको वडा नं १२ र १६ कमिटीको अध्यक्षसहित पदाधिकारीहरु एमाले प्रवेश गरेको हो।
एमाले प्रदेश कमिटी सदस्य तथा पूर्वमाओवादी नेता पशुपति राई नुलामका अनुसार पूर्वबिग्रेड कमाण्डर सुर्य खड्का पनि माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका छन्। यस्तै, वडा नं १६ कमिटी अध्यक्ष हिमाल कार्की पदाधिकारीसहित र वडा नं १२ का अध्यक्ष खगेन्द्र लिम्बु पदाधिकारीसहित एमालेमा प्रवेश गरेका छन्। यसैगरि विभिन्न वडाबाट पनि गरि ४६७ जना एमालेमा प्रवेश गरेको एमालेको दाबी छ।