काठमाडौं— डिभिजन सडक कार्यालय भक्तपुरका लेखा अधिकृत तीर्थ बस्नेत घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार २० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो।
काभ्रे जिल्ला, फोक्सुङटार स्थित सडक निर्माणका लागि टेण्डर भै ठकेदारले आशयपत्र लिने क्रममा कागज पत्र अपुग रहेकोले उक्त कागज पत्रहरू मिलाइदिने भन्दै बस्नेतले घुस मागेका थिए। सो सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले लेखा अधिकृत बस्नेतलाई २० हजार रुपैयाँ नगद सहित पक्राउ गरेको छ।