काठमाडौं–संवैधानिक परिषद्को आजको बैठकले लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको विषयलाई आगामी फागुन १२ गते टुङ्गो लगाउने निर्णय गरेको छ। प्रधान न्यायाधीश रामकुमारप्रसाद साह रुस भ्रमणमा जाने भएका कारण बैठक १२ गतेसम्मका लागि सारिएको हो।नियुक्तिसम्बन्धी कुरा मिलाउन बाँकी रहेकाले प्रधानन्यायाधीश रामकुमारप्रसाद साह रुस भ्रमणबाट फर्कनु भएपछि फागुन १२ गते बैठक डाक्ने तय भएको परिषद्को सदस्य सभामुख सुवास नेम्वाङले जानकारी दिए।
बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै सभामुख नेम्वाङले भने, 'अख्तियार र लोकसेवा आयोगका सम्बन्धमा गम्भीर छलफल भयो, तयार भएका सूचीहरु अध्ययन गर्ने काम भयोे, सूचीहरु लागि सम्बन्धित सदस्यले अध्ययनका लागि लिएका छन्।' परिषद्का अध्यक्ष प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकमा उपप्रधान तथा गृह मन्त्री वामदेव गौतम र प्रतिपक्षी नेता पुष्पकमल दाहालले सहभागी थिए।
बैठकपछि सभामुख नेम्वाङले दलहरुबीच संविधान निर्माणबारे परिणाममुखी वार्ता र संवाद अगाडि बढोस् भन्ने आग्रहसहित आफूले बुधबारको संविधानसभा बैठक अर्को सूचना जारी नभएसम्मका स्थगन गरेको जानकारी दिए।

शीर्ष नेताले एक आपसमा कुराकानी भइरहेको छ : नेम्वाङ (अडियो सुन्नुहोस्)