काठमाडौं-प्रधानमन्त्री सुशील कोइराला र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेट भएको छ। भेटमा संवैधानिक परिषद्मा रिक्त पदाधिकारी नियुक्तिबारे छलफल भएको थियो।
दाहालले भेटमा प्रधानमन्त्रीलाई लोकसेवा आयोग मात्र नभइ रिक्त सबै संवैधानिक आयोगका पदाधिकारी नियुक्तिबारे प्याकेजमा सहमति गर्ने प्रस्ताव गरेको दाहालका स्विकय सचिव चुडामणी खड्काले बताए। संवैधानिक परिषद्को बैठकमा लोकसेवा आयोगको बारेमा मात्र छलफल भएकोमा दाहालले प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए।
एमाओवादीले लोकसेवा आयोगकी बर्तमान अध्यक्ष कयोदेवी यमीलाई निरन्तरता दिनु पर्ने बताउँदै आएको छ। बैठकमा प्रधानमन्त्रीले सबै विषयमा होमवर्क गरेर अगाडी बढ्न सकिने बताएका थिए। राजनीतिक गतिरोधका बारेमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए। दाहालले ३० दलीय मोर्चाको संयोजकको हैसियतबाट नभइ प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतबाट भेट गरेको बताउँदै सहमतिको लागि प्रधानमन्त्रीको थप प्रतिवद्दता आउन जरुरी भएको बताएको अधिकारीले जानकारी दिए। भेटमा कोइरालाले आपसि सहमति र एकताको विकल्प नभएको बताउँदै आफु सकारात्मक भएको बताए। अध्यक्ष दाहालले शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्रीलाई समेटेर विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
लोकसेवा आयोग, निर्वाचन आयोग, अख्तियार दुरुपयोग आयोग रिक्त पदाधिकारीहरु नियुक्त गर्न शुक्रबार बसेको संवैधानिक परिषदको बैठक दलहरुवीच कुरा नमिले पछि निष्कर्ष विहिन बनेको थियो।